- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त भएका छन् । संस्थाको असार ४ गते बसेको संचालक समितिको बैंठकले भट्टराईलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्टराईलाई असार ४ गते देखि नै लागु हुनेगरी सञ्चालकमा नियुक्त गरेको हो । यस्तै नवनियुक्त संचालक भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनियताको सपथ लिएको कम्पनीले जनाएको छ ।