
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरेको नमुना बस्तीको निर्माण सम्पन्न भई शुक्रबार सम्बन्धित भूकम्पपीडितलाई घर हस्तान्तरण गरिएको छ । काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम कट्टेल र कु्ञ्जना घिमिरेले गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण गरेका हुन्।
मेलम्ची नगरपालिका–८ स्थित विपन्न वर्गको चयन गरेर ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ भवन, पाँच बालोद्यान र एउटा खेलकुद मैदान सहितको एकीकृत बस्ती निर्माण गरिएको छ।
पैँसठ्ठी घरधुरीका एक एक तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न संघ संस्थाबाट स्वयंसेवक गरी सय जनाको दैनिक श्रमबाट बस्ती निर्माण गरिएको हो ।
नमुना बस्तीमा खानेपानीका लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिङ्गो गिरानचौरवासीलाई फाइदा पुग्ने गरी करिब आठ सय मि गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउने समेत व्यवस्था मिलाइएको छ ।
कुल पाँच करोड १७ लाखमा ६५ घर बनेका छन् ।
फाउन्डेसनको यो प्रयासपछी सिन्धुपाल्चोकका एनजीओ / आइएनजीओहरु तनावमा परेका छन् । आफुले गरेको भ्रष्टचार बाहिर हुने डरले उनीहरु तनावमा परेका हुन् । करिव ५ करोडमा ६५ घर बंछा भने सिन्धुपाल्चोकमा ४७ अर्व खर्च हुँदा केहि उल्लेखनीय काम भएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्