×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बोन्ड बिक्री गर्ने, बोर्डसँग माग्यो अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बोन्ड बिक्री गर्ने, बोर्डसँग माग्यो अनुमति

Artha Sarokar

२७ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको बोन्ड बिक्री गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई बोन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।  बैंकले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । 
बैंकले १५ लाख इकाईमध्ये ६ लाख इकाई सर्वसाधारणका लागि छुट्याएको छ भने ९ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बोन्ड जारी गर्न बैंकले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यसमा वार्षिक ब्याजदर ९% तोकिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी