
‘जसरी सुकेको हाँगामा समाउने जो कोही भुइँमा खस्छ, त्यसरी नै यो सरकार सुकेको हाँगामा झुण्डिएकाले जुनसुकै बेला हाँगा भाँचिएर भुइँमा खस्ने सम्भावना छ,’भट्टराइले भने । सरकार बनेको साढे २ महिनामात्रै भएपनि छिमेकी देशहरुप्रतिको असमान व्यवहार र राष्ट्रघाती कदमका कारण सरकार आफै ढल्ने अवस्थामा पुगेको टिप्पणी गरेको हुन् ।
‘सरकारको जग नै गतिलो छैन, अनि कसरी लामो समयसम्म टिकोस् । जग बलियो भएपो घर बलियो हुन्छ, त्यसैले यो सरकारको औचित्य छैन,’ भट्टराईले भने,‘संविधानको सफल कार्यन्वयनका लागि अब सबै दल सम्मिलित सहमतीय सरकार बनाउनु पर्छ र त्यसका लागि एमालेले पहल गर्छ ।’ सरकार गिराउने खेलमा एमाले नलागे पनि जनविरोधी काम गर्दे गएकाले अव यसको विकल्प जनताले आफै खोज्ने उनले बताए ।
नेकपा एमाले प्रतिपक्षमा बसे पनि अहिलेको सरकारले प्रतिपक्षसंग कुनै पनि विषयमा एकपटक पनि सम्वाद नगरेको उनको आरोप थियो । मधेसी दलले सविंधान संसोधनको माग गरिरहेको भएपनि संविधान संशोधनको विषयमा प्रतिपक्षसंग प्रचण्ड सरकारले कुनैपनि संवाद नगरी एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाए ।
उनले भने, ‘संविधान संशोधन के९का लागि, कसका लागि, संशोधन गरेपछि फाइदा के, त्यो विषयमा हामीसंग अहिलेसम्म एक पटकपनि सम्वाद भएको छैन, देश र जनताको हितविपरित हुने गरी गर्न लागिएले संविधान संशोधनप्रति हामी सहमत छैनौं र कदापी हुने पनि छैनौं ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्