×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले लोप्पा खुवाएपछि नरेन्द्र मोदीको सपना सबै उडायो हुरीले…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चीनले लोप्पा खुवाएपछि नरेन्द्र मोदीको सपना सबै उडायो हुरीले…

१ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भारतमा आइतबार सम्पन्न ८ औँ ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा योजनाले फेल खाएको छ । एक महिना पहिले भारत–पाकिस्तान सीमा क्षेत्रमा भएको हमलामा १८ भारतीय सैनिक मारिएपछि यी दुई देशबीच बढ्दो दुरीका बीच मोदीले ठूलै योजना बुनेका थिए । तर, चीनले खासै चासो नदेखाएपछि उनको योजना असफल भएको छ ।

पाकिस्तानसँग बढ्दो दुस्मनीका बीच ब्रिक्स सम्मेलनमा उपस्थित शक्तिशाली राष्ट्रसँग मिलेर उसलाई विश्वसामू एक्ल्याउने मोदीको योजना विफल भएको हो । बिगतदेखि नै पाकिस्तानसँग नजिक मानिएको चीनले भारतको साथ लागेर पाकिस्तानलाई एक्ल्याउने मोदीको रणनीतिलाई इन्कार गरेको भारतीय संचारमाध्यमले पुष्टी गरेका छन् ।

सम्मेलनका क्रममा मोदीले पाकिस्तानलाई आतंकवादको जन्मभूमिको रुपमा घोषणा गर्ने प्रस्ताव राखेका थिए । चिनियाँ राष्ट्रपति सी जिङपिङले यस्तो रणनीतिमा चीनको समर्थन नरहेको स्पष्ट पार्दै चलाखीपूर्ण अन्तर्राष्ट्रिय आतंकवादका विरुद्ध लड्न विशेष रणनीति बनाएर अघि बढ्नुपर्ने बताए ।

भारतबाट संचालित भएको आरोप लागेका लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद जस्ता आतंकवादी संगठनका विषयमा चीन केही बोल्छ भन्ने भारतको विश्वास थियो । तर, बिक्स सम्मेलनको घोषणापत्रमा भारतमा संचालित यी आतंकवादी संगठनको विषयमा समेत कुनै सहमति हुन सकेन । भारतले पाकिस्तानमा जड जमाएका यी आतंकवादी संगठनको निशानामा भारत रहेको दाबी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट, जबात–अल–नुसराको विषय घोषणापत्रमा उल्लेख गर्दा यी आतंकवादी संगठनको विषयमा ब्रिक्स राष्ट्रले कुनै चासो नदिनु भारतका लागि दुःखद् पक्ष हो । घोषणापत्रमा चीन, रुस, ब्राजिल, साउथ अफ्रिकाले उरी हमलाको निन्दा गरेता पनि पाकिस्तानको नाम भने कहीँ कतै उल्लखे गरिएको छैन । भारतले पाकिस्तानको नाम उल्लेख होस् भन्ने चाहेता पनि त्यो सफल हुन सकेन । यस विषयमा चीनले भारतको साथ दिएको भए अन्य ब्रिक्स राष्ट्र राजी हुने भारतको बुझाइ छ ।

उता रुस भारतका बीच कामोक हेलिकोप्टर २०० एयर डिफेन्स र कुडनकुलम प्लान्टसँगै उर्जा, बिजुली, स्मार्ट सिटी निर्माण र स्पेस लगायतका विषयमा भएको. सम्झौतालाई भने महत्वका साथ हेरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी