×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायातको सुविधा पुग्न नसकेको पाल्पाको दुर्गम गाउँमा बन्यो १३७ वटा झोलुङ्गे पुल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यातायातको सुविधा पुग्न नसकेको पाल्पाको दुर्गम गाउँमा बन्यो १३७ वटा झोलुङ्गे पुल

१ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


अर्थसरोकार सँवाददाता – पाल्पा जिल्लामा १३७ ओटा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज हुन थालेपछि उनीहरु अहिले खुसी बनेका छन् । वर्षौंदेखि खोलाले बगाउँछकी भन्दै जोखिम मोलेर यात्रा गर्ने यहाँका स्थानीय पुल बनेपछि यात्रामा निस्किदाको मनको त्रास समेत मेटिएको छ ।

यातायातको सुविधा पुग्न नसकेका दुर्गम गाउँमा खेतमा मेलापात, औषधि उपचार गर्न माइत आवतजावत गर्दा खोला तरेर जानुपर्ने बाध्या हट्दा स्थानीय महिला तथा बालबालिका हर्षित बन्दै आफ्ना गृहकार्यमा जुटेका छन् ।

पाल्पा जिल्लामा झोलुङ्गे पुलको अवधारणाअन्तर्गत केन्द्रबाट रु एक करोडको हाराहारीमा पुल निर्माण तथा मर्मतका लागि रकम निकासा हुँदै आएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख भीमार्जुन पाण्डेयले जानकारी दिए ।

पुल निर्माण र मर्मतलाई थप व्यवस्थापन गर्न नियमित मर्मत सम्भार, बृहत् मर्मत सम्भार र नयाँ निर्माण गरी तीन भागमा सञ्चालन हुँदै आएको छ । पुलको मर्मत सम्भारका लागि प्रत्येक पुलका लागि एकजना हेरालुको समेत व्यवस्था गरिँदै आएको पाण्डेयले बताए । 

चालु आवमा पाल्पा जिल्लामा सात वटा नयाँ झोलुङ्गे पुल निर्माण हुनेछन् । सात वटा पुल निर्माणपछि यहाँका स्थानीय बासिन्दालाई अझै यात्रा सहज हुने भएकाले निर्माणका लागि सहयोग गर्दै आएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी