Skip to content
LAXMI SUNRISE BANK

भारतीय सेनामाथि हमला, आयल कम्पनी पाकिस्तानको निशानामा

अर्थ सरोकार

एजेन्सी– कश्मीरमा भारत र पाकिस्तानी सेनाबीच भिडन्त भएको छ । उरी हमलाको एक महिना बित्दासमेत दुई देशबीच जारी रहेको भिडन्तमा एक भारतीय सेनाको मृत्यु भएको जनाइएको छ ।

भारतीय संचार माध्यमले टीभी टावरको सुरक्षामा खटिएका सेनामाथि हमला गरेर ५ थान बन्दुक लुटिएको बताएका छन् । साथै यस घटनापछि पाकिस्तानको तर्फबाट एलओसी सिजफायर उल्लंघन भएको भारतीय पक्षले दाबी गरेको छ ।


भारतको आयल कम्पनी पाकिस्तानको निशानामा
भारतको आयल कम्पनी पाकिस्तानको निशानामा भएको भारतीय संचारमाध्यमले समाचार छापेका छन् । एक पाकिस्तानी जासूसको फोन कल सुनेपछि सो कुरा पत्ता लागेको जनाइएको छ ।

भारतीय इन्टेलिजेन्ट ब्यूरोले उक्त पाकिस्तानी जासूसको फोन रेकर्ड सुनेको र त्यसको माध्यमबाट आयल निगम पाकिस्तानको निशानामा भएको थाहा पाइएको बताइएको छ ।

 उक्त सूचना पछि देशका सबै आयल निगममा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK