×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अलकायदाको नेपाल प्रमुख बताएर ३३ लाख असुली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अलकायदाको नेपाल प्रमुख बताएर ३३ लाख असुली

१ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाललाई ट्रान्जिट तथा आधार बनाएर गाँजादेखि कोकिनसम्मको कारोबार हुने गरेको छ ।
प्रहरीले पछिल्ला ६ वर्षमा ३१ देशका एक सय २८ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धेरै भारतीय छन् ।
भारतीयसँगै चिनियाँ र पाकिस्तानी लागुऔषध तस्कर नेपालमा पटक–पटक पक्राउ पर्दै आएका छन् । पछिल्लो समय दक्षिण अमेरिकी तथा अफ्रिकन देशका नागरिक नेपालमार्फत लागुऔषध ओसार–पसारमा सक्रिय बनेको प्रहरीको भनाइ छ ।

नाइजेरियन सक्रिय
पाकिस्तानमा उत्पादन हुने सेतो हेरोइन नेपाल हुँदै विभिन्न देशमा तस्करी हुने गरेको छ । ०७० भदौमा सेतो हेरोइनका मुख्य कारोबारी साइदा परविन र उनका दुई सहयोगीलाई लागुऔषध नियन्त्रण ब्युरोले साढे ५ केजी सेतो हेरोइनसहित पक्राउ गरेको थियो । परविन अन्तर्राष्ट्रिय कारोबारी समूहकी एक सदस्य हुन् ।
उनी अदालतमा चलखेल गरी सफाइ पाएर पाकिस्तान पुगिसकेकी छिन् । उनका दुई सहयोगी अता मोहम्मद साह, सइद हुसेन काज्मी जेलमै छन् । परविनलाई पुनरावेदन अदालतले १५ वर्ष कैद सजाय सुनाइसकेको छ । उनीहरू पक्राउ परेपछि नेपाललाई ट्रान्जिट बनाई हेरोइन तस्करी घटेको छ । नेपालकै बजारका लागि खैरो हेरोइन भने भारतबाट तस्करी हुने गरेको छ ।
हेरोइन तस्करी घटिरहेका बेला नेपालमा कोकिनको कारोबार भने बढेको छ । नेपालमा पहिलोपटक २०६८ सालमा कोकिन बरामद भएको थियो । त्यसयता करिब २५ किलो कोकिन बरामद भइसकेको छ ।
गत १२ जेठमा मात्र नाइजेरियन र भेनेजुयलाका दुई नागरिक कोकिनसहित पक्राउ परेका थिए । नेपालका कोकिन प्रयोगकर्ता नभएपछि ट्रान्जिट देशका रूपमा नाइजेरियन समूहले ओसार–पसार गर्दै आएको छ ।
उनीहरूले दक्षिण अमेरिकी देशका नागरिकलाई भरियाका रूपमा प्रयोग गरी कोकिन कारोबार गर्दै आएको डिआइजी जयबहादुर चन्द बताउँछन् । युरोपका साथै भारत, चीन, थाइल्यान्डलगायतका देशमा समेत नेपाल हुँदै कोकिन जाने गरेको छ ।

  • नयाँ पत्रिकाबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी