×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चीन द्धिपक्षीय वार्तामा मोदीले हस्तक्षेप गरेसँगै एमालेले उठायो यस्तो प्रश्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल चीन द्धिपक्षीय वार्तामा मोदीले हस्तक्षेप गरेसँगै एमालेले उठायो यस्तो प्रश्न

३० आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार गोवामा भेटवार्ता भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आकस्मिक उपस्थितिलाई लिएर एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले प्रश्न उठाएका छन् ।
नेपाल भारत चीनबीच कतिपय विषयमा त्रिपक्षीय वार्ता आवश्यक भए पनि त्यो तीनै पक्षको जानकारीमा हुनुपर्ने उनको जीकिर छ । दुईपक्षीय वार्ता चलिरहेका बेला भएको आकस्मिक प्रवेश कसरी सकारात्मक हुनसक्ला ? भन्दै पोखरेलले प्रश्न उठाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राखेका हुन् । सोमबार प्रचण्ड र जिनपिङबीच दुई पक्षीय वार्ता चलिरहेका बेला भारतीय प्रधानमन्त्री मोदी पनि आइपुगेका थिए । त्यसपछि तीनवटै पक्षबीच त्रिपक्षीय हितबारे कुराकानी भएको थियो ।
के लेखे पोखरेलले फेसबुकमा ?
नेपाल र चीनबीच दुई पक्षीय छलफल चलिरहँदा मोदीको अचानक प्रवेश भयो रे ! मोदीको त्यस प्रकारको प्रवेशलाई सकारात्मक रुपमा चित्रण गर्ने काम पनि हुँदैछ । निश्चयनै कतिपय सन्दर्भमा नेपाल, भारत र चीनबीच त्रिपक्षीय छलफल आवश्यक पनि छ । तर त्रिपक्षीय छलफल वा वार्ता तीन पक्षको पूर्वजानकारी र योजनामा हुने होला । यदि आकस्मिक प्रवेश भएको हो भने यो कसरी सकारात्मक विषय हुनसक्ला ? मोदीले आफ्नो आकस्मिक सहभागिताको कारण के बताए होलान् ? त्यसले त चिनियाँ राष्ट्रपतिको नेपालमा हुने भनिएको अवरुद्ध भ्रमण पुनः अघि बढाउन तथा दुई देशबीच सहयोग र सम्बन्धको सकारात्मक वातावरण बनाउने नेपाली प्रमको कोसिसमा आयोजना गरिएको दुइपक्षीय वार्तासमेत अवरुद्ध भयो होला । यस विषयलाई नेपाली प्रम र चिनियाँ राष्ट्रपतिले कसरी लिनुभयो होला ? अनेकन् प्रश्नहरु यसबाट उपस्थित भएका छन् । यसबाट अन्तर्रा्ष्ट्रिय मामिलामा नेपाल र भारतबीच ‘समानधारणा’ बनाउने सन्दर्भको भारतको तर्फबाट अतिरिक्त सक्रियता देखाइएको हो कि ? यस्तो विषयलाई अन्तर्रा्ष्ट्रियस्तरमा र विशेषगरी कुटनीतिक क्षेत्रमा कसरी लिइन्छ ? कुटनीतिक क्षेत्रका ज्ञाताहरुको धारणा समयमै आउनु राम्रो हो ।

  •  एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी