
काठमाडौँ – ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेट्दैछन् । प्रधानमन्त्रीले मोदीसँग राति साढे ८ मा भेट्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । यसअघि मोदी र चिनियाँ राष्ट्रपतिलाई प्रचण्डले आकस्मिक रुपमा सँगै भेटेका थिए ।
औपचारिक भेट भने आज मात्र हुन लागेको हो । सम्मेलनको पूर्वनिर्धारित कार्यक्रमका कारण समय अभाव भएकाले रातिको समय मात्र भेटका लागि मिलेको बताइएको छ ।
भेटका क्रममा द्विपक्षीय चासो र हितका साथै यसअघि भ्रमणका क्रममा भएका सम्झौता कार्यान्यवन र सार्क शिखर सम्मेलनको मिति तथा स्थानबारे समेत प्रचण्डले छलफल गर्ने उनका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारीले जानकारी दिए ।
प्रचण्डले यसअघि हिजो चिनियाँ राष्ट्रपति सी र भुटानका प्रधानमन्त्री छिरिङ तोग्वेसँग भेटवार्ता गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्