×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वसनियतामा प्रश्न उठ्दै सामसुङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विश्वसनियतामा प्रश्न उठ्दै सामसुङ

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कम्पनीद्धारा सुरक्षित घोषणा गरिएको ग्यालेक्सी नोट सेभेन वजारमा पठाए लगत्तै आगलागि भएपछि सो कम्पनीको विश्वसनियतामा प्रश्न उठ्नसक्ने अनुमान गरिएको छ । सामसुङले नोट सेभेनको पहिलो लन्चिङ असुरक्षित महसुस गर्दै त्यसलाई दोस्रो पटक सुरक्षित रहेको निष्कर्ष सहित वजारमा पठाएको हो ।
अमेरिकाको साउथवेस्ट एयरलाइन्सको जहाजभित्र एक यात्रुले बोकेको नोट सेभेनमा आगो लागेको घटनापछि ग्यालेक्सी नोट सेभेनको सुरक्षामाथि प्रश्न उठेको छ ।
लुइसभिलेबाट बाल्टिमोरका लागि उड्न थालेको विमानभित्र बुधबार ग्यालेक्सी नोट सेभेनमा धुवाँ आएसँगै सबै यात्रुलाई सुरक्षित रुपमा बाहिर निकालेर जहाज खाली गरिएको एयरलाइन्सले पुष्टि गरेको छ ।
गत महिना बजारमा पठाएलगत्तै ब्याट्रीमा समस्या देखिएर विस्फोट हुने र आगलागी हुन थालेपछि सामसुङले सबै नोट सेभेन फिर्ता लिएको थियो ।
सुरक्षित भनिएको ग्यालेक्सी नोट सभेन जहाजभित्र पड्किएर आगो लागेको घटनाको छानविन भैरहेको सामसुङले जनाएको छ ।
अधिकारीहरु तथा विमानसेवा कम्पनीसँग उक्त आगो लागेको भनिएको स्मार्टफोन प्राप्त गरी कारण पत्ता लगाउने विषयमा काम भैरहेको सामसुङले जनएको छ । उक्त स्मार्टफोनको परीक्षण गरिसकेपछि मात्र अन्य कुरा भन्न सकिने कम्पनीको भनाई छ ।
आफुले खरीद गरेको ग्यालेक्सी नोट सेभेनको प्याकेट बाहिर सुरक्षित डिभाइसको संकेतको रुपमा सामसुङले राखेको कालो वर्ग रहेको आगलागि भएको मोवाईलका ग्राहकको भनाई छ ।
अमेरिकी संघीय उड्ययन प्रशासनले जहाजमा यात्रा गरिरहँदा नोट सेभेन चार्ज नगर्न र स्विच अफ गरेर राख्न सर्वसाधारणलाई चेतावनी जारी गरेको थियो । साथै नोट सेभेन लगेजभित्र नराख्न पनि उसले सुझाव दिएको छ । ग्यालेक्सी नोट सेभेनमा देखिएको यस समस्याले नेपाली वजारमा भने जी ओनी को प्रभाव वढ्नसक्छ । दशैंको समयमा मोवाईल फेर्ने अधिकाँश ग्राहकको नजर अव सामसुङको ग्यालेक्सी नोट सेभेन बाट उस्तै मुल्य र उस्तै गुणस्तर एवं अझ भरपर्दो व्याट्री रहेको जी ओनीमा वढ्न सक्ने अनुमान गर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी