×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक लिमिटेडले ६० लाख अमेरिकी डलर बराबरको सहायक ऋण पाउने

PRIME CA

कृषि विकास बैंक लिमिटेडले ६० लाख अमेरिकी डलर बराबरको सहायक ऋण पाउने

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्झौता भएको छ । बैंकले वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न सहायक ऋणको रुपमा सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको ऋण नेपाली मुद्रामा पाउने भएको हो ।
उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबुराम सुवेदी र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् । गत २०७७ चैत ६ गते नेपाल र अन्तर्राष्ट्रिय विकास संस्था (विश्व बैंक) बीच रणनैतिक जलवायु कोष अन्तर्गत समृद्धिका लागि वन परियोजना सञ्चालनको लागि कूल एक करोड ७९ लाख अमेरिकी डलर ऋण दिने सम्झौता भएको थियो । 
जसको आधारमा वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न ६० लाख अमेरिकी डलर बराबर नेपाल मुद्रामा नेपाल सरकारले सहायक ऋणको रुपमा कृषि विकास बैंकलाई उपलब्ध गराएको हो । यस कार्यक्रमको पहिलो चरणमा कृषि विकास बैंकले वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको रेड कार्यान्वयन केन्द्रसँग समन्वय गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: