×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अविश्वास झनै बढ्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अविश्वास झनै बढ्दै

Artha Sarokar

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको तीन दलको बैठकलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक अस्विकार गर्दे आएका छन् । दाहालको नेतृत्वमा सरकार गठन भएपछि प्रधानमन्त्री दाहाल र ओलबीच सिंहदरबारमा एक पटक मात्र औपचारिक भेटघाटबाहेक दोस्रो भेटघाट हुन सकेको छैन ।
संविधान कार्यान्वयन,स्थानीय तहको पुनसंरचना,संविधान संशोधनलगायतका मुद्धामा छलफल गर्न प्रधानमन्त्री दाहालले तीन दलको पनि ओलीले अस्वीकार गर्दे आएका छन् । राजधानी काठमाडौंमा रहेर पनि ओलीले तीन दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्षहरु वामदेब गौतम र भिम रावललाई पठाउने गरेका छन्।आजको नेपाल समाचारपत्रले खबर छापेको छ ।
दुई महिनाको अवधिमा प्रधानमन्त्री दाहालले पटक पटक तीन दलको बैठकमा बोलाए पनि ओली सहभागि भएका छैनन् । तीन दलको बैठकमा अध्यक्ष ओलीको खोजी हुने गरेपनि एमालेका नेताहरुले अध्यक्षलाई सन्चो नभएको कारण आउन नसक्ने जबाफ दिँदै आएको दाहालको सचिवालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी