×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३ किलो चरेससहित एक ब्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१३ किलो चरेससहित एक ब्यक्ति पक्राउ

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मौरीफाँटामा बिहीबार १३ किलो चरेससहित एकजना पक्राउ परेका छन् । लागुऔषधको कारोबारमा संलग्न रहेका कृष्णपुर नगरपालिका–८ मौरिफाँटा ३० वर्षीय कृष्णानन्द भट्ट १३ किलो चरेससहित बिहीबार पक्राउ परेका हुन् । भट्टले बझाङबाट चरेस ल्याएर कञ्चनपुर र कैलालीका स्थानीय व्यापारीलाई बेच्ने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले भट्टलाई उनकै घरबाट पक्राउ गरिएको जानकारी दिए । विशेष सूचनाका आधारमा पक्राउ परेका भट्टविरुद्ध लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी