×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यापारका नाममा सामाजिक अपराधलाई प्रोत्साहन गर्दैछन् कान्तिपुरसहितका यी मिडिया ! कारवाही कसले गर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

व्यापारका नाममा सामाजिक अपराधलाई प्रोत्साहन गर्दैछन् कान्तिपुरसहितका यी मिडिया ! कारवाही कसले गर्ने ?

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि दिन यताका कान्तिपुर दैनिक हेर्नुभएको छ ? छ भने पक्कैपनि कान्तिपुरले छापेका विज्ञापनहरु पनि हेर्नुभएकै होला । एउटा सञ्चारमाध्यमको आयस्रोत भनेकै विज्ञापन हो ।  तर कान्तिपुरले छापीरहेको विज्ञापनले सामाजिक अपराधलाइ प्रोत्साहन गरिरहेको आरोप सरोकारवालाहरुले लगाउन थालेका छन् । 

रक्सीको अत्याधिक विज्ञापन :
कान्तिपुरका केहि पछिल्ला अंकहरु हेर्नु भयो भने रक्सीका अत्याधिक विज्ञापनहरु आउन थालेका छन् ।  आज मिति २०७३ साल असोज २३ गतेको अंक हेर्नु भयो भने पनि रक्सीका अधिकांस विज्ञापन पत्रिकामा छापिएका छन् ।  कोटेश्वरनिवासी सुमन पंगेनी भन्छन्, ‘आजको कान्तिपुर हेर्नुहोस् त ज्याकेट कभरमा ‘सोमर्सबी’ को विज्ञापन छ, जसमा केहि प्रतिशत अल्कोहल छ भनिएको छ ।  अहिले रक्सी नाखानेहरुका लागि बानी लगाउन यो पेय पदार्थ प्रयोग हुन्छ ।  सुरुमै ‘हार्ड’ लिन गाह्रो भए सोमर्सबीबाट सुरु गरौँ’ भन्ने ट्रेन्ड चलीरहेका बेला कान्तिपुरले यसलाई झन् बढावा दिएको छ ।’ 
यस्तै कान्तिपुरको तेश्रो पृष्ठमा पनि फुल पेज रक्सीकै विज्ञापन छ ।  रोयल ट्रेजर नामक ह्विस्कीको विज्ञापन तेश्रो पृष्ठमा राखिएको छ । पाँचौ पृष्ठमापनि आधा पेजको भर्जिन रक्सीको विज्ञापन राखिएको छ ।  कान्तिपुरको ९औं पृष्ठमा पनि नेपाल आइस बियरको विज्ञापन राखिएको छ । त्यस्तै कान्तिपुरको २० औं, २१ औं र अन्तिम पृष्ठमा पनि  फुल पेज बियर र रक्सीकै विज्ञापन छ । 
यसरी सरसर्ती हेर्दा कान्तिपुरको कुल विज्ञापनको ५०% भन्दा बढी बिज्ञापन रक्सीजन्य पदार्थको विज्ञापन छ । दशैंका बेला कतिपयले रक्सी खान सुरु गर्ने र कतिपयले मदिरामै घरबार उठाउने गरेको नेपाली चलनलाई कान्तिपुरजस्तो ठुलो मानिएको मिडियालेनै यसरी प्रोत्साहन गरेर नेपालमा सामाजिक अपराध बढाउने काम गरिरहेको सरोकारवालाहरुको गुनासो छ ।  
अन्य मिडियामा पनि हालत उस्तै :
हुन त कान्तिपुरजस्तै आजका अन्य पत्रिकाहरुले पनि रक्सीजन्य पदार्थको अत्याधिक विज्ञापन राखेका छन् । आजको नयाँ पत्रिकाले टेन्सबर्ग नामक बियरको ज्याकेट कभर राखेको छ भने भित्री पृष्ठमा रुस्लान  विज्ञापन राखिएको छ । आजको नागरिकले ज्याकेट कभरमा टेन्सबर्ग बियरको विज्ञापन राखेको छ । भित्र नेपाल आइसको विज्ञापन पनि ठुलै छ । तर कान्तिपुरले जस्तो अगाडिको र पछाडिको पूरै पृष्ठमा रक्सीको विज्ञापन भने कतै छापिएको छैन ।  यसो त कान्तिपुर नेपालमा सबैभन्दा बढी पढिने पत्रिका हो । त्यसैले पनि कान्तिपुरको यो कदमलाइ रोकथाम गर्नुपर्ने आवाज उठिरहेको छ । 
अनलाइन र टेलिभिजनमा पनि उस्तै हालत 
अहिले तपाईंले नेपालका ठुला भनिएका अनलाइनहरु हेर्नुभयो भने पनि स्थिति उस्तै छ । नेपालको चलेको अनलाइन मानिएका सेतोपाटी, अनलाइनखबर लगायतका अनलाइनमा भोड्का र अन्य रक्सीजन्य विज्ञापनहरु प्रकाशित गरिएका छन् । त्यस्तै पहिलोपोष्ट लगायतका औसतका मिडियाहरुले पनि रक्सीको विज्ञापन छापेका छन् । टेलिभिजनमा पनि हालत उस्तै छ । केहि चलेका मानिएका टेलिभिजनले पनि विभिन्न बाहानामा रक्सीको विग्यापंन गरीरहेका छन् ।

मापदण्ड नै छैन : विज्ञापन व्यवसायी
यता विज्ञापन व्यवसायीहरु भने मापदण्डनै नभएको बताउँछन् । विज्ञापनमा केके राख्न पाइन्छ, के राख्न पाइँदैन भन्ने मापदण्ड नहुँदा यस्तो भएको उनीहरुको भनाइ छ । कोटेश्वरमा विज्ञापन एजेन्सी चलाएर बसेका डीआर नेपाल भन्छन्, ’हामीलाई विज्ञापनसँग मतलव हुन्छ । नेपालमा कस्ता विज्ञापन राख्न पाइन्छ वा पाईदैन, वा विज्ञापनमा के के कुराहरु राख्न पाइन्छ भन्ने मापदण्ड नै छैन । कोहि विज्ञापन दाताले विज्ञापन छाप्नु पर्यो भनेर आउँछन् । हामीले पत्रिकामा पठाउँदा पत्रिकाले समेत नमिल्ने कुरा गर्दैन । कतिपय कुरा गलत हो भन्ने थाहा पाउँदापाउँदै पनि छापिन्छ ।’ उनका अनुसार नेपालमा विज्ञापन सम्बन्धि नियमन गर्ने निकाय आवश्यक भइसकेको छ । उनी अगाडी भन्छन्, ’नेपालमा विज्ञापन सम्बन्धि थुप्रै विकृतिहरु छन्, जसलाई समयमै नाचिरे भोलिका दिन असहज हुनसक्छ ।


के भन्छन् विज्ञ ? 
नेपाल सरकारका पूर्व सचीव एवं मिडिया कानूनका विज्ञ काशीराज दाहालले विज्ञापन बाजारमा आएको विकृति र विज्ञापन संघ लगायतका केहि संघ संस्थाको सुझावमा विज्ञापन सम्बन्धि नियमन निकाय गठन गर्नका लागि सुझाव सहितको प्रस्ताव लैजाने तयारी भइरहेको बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ’अहिले पत्रपत्रिकामा प्राकाशीत सामाग्रीबारेका विविध उजुरीहरुलाई प्रेस काउन्सिल नेपालले हेरिरहेको छ । तर छुट्टै नियमक निकाय गठनका लागि हामीले प्रायस गरिरहेका छौं ।’ उनका अनुसार नेपाली विज्ञापन बजारमा विभिन्न खालका विकृति आएको र के छाप्न हुने नहुने भन्ने विषयमा स्पष्ट मापदण्ड नभएको हुनाले विज्ञापन सम्बन्धि छुट्टै नियमक निकाय गठनको तयारी भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी