
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – संघीय समाजवादी फोरम नेपालका नेता दुर्गामणि सुवेदीले संविधान संशोधनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले बेइमानी गरे उनीहरु सिद्धिने चेतावनी दिएका छन् । दुई महिनाअघि नै भइसकेको सहमति लागू गर्न ढिलाई भएकोप्रति आक्रोश व्यक्त गर्दै फोरम नेपालका युवा नेता सुवेदीले सहमतिबाट पछि हटेर धोका दिन खोजे प्रचण्ड र देउवा पनि केपी ओली जस्तै पतन हुने चेतावनी दिएका हुन् ।
‘प्रधानमन्त्री प्रचण्डले दशै अघि नै संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने प्रतिबद्धता जनाइसक्दा पनि त्यसो नहुँदा उहाँको नियतप्रति गम्भीर आशंका उत्पन्न भएको छ’ संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बिहीबार संचारकर्मीहरुसँग कुराकानी गर्दै सुवेदीले भने, ‘प्रचण्ड र देउवाको रवैया यस्तै रहने भने ओली सरकार जस्तै यो सरकारलाई पनि हामी आन्दोलनको बलले ढाल्न बाध्य हुन्छौं ।’
सहमति अनुसार दसैँअघि नै संशोधन प्रस्ताव संसद्मा दर्ता नगरिनु प्रचण्डले संघीय गठबन्धनलाई धोका दिएको सुवेदीको आरोप छ । उनले भने, ‘अब पनि सरकारले संशोधन प्रस्ताव दर्ता गरेन भने हामी फेरि आन्दोलनमा होमिन बाध्य हुन्छौं ।’ माग अनुसार संशोधन नभए संविधान लागू हुनै नसक्ने उनले चेतावनी दिए ।
नेकपा एमालेलाई देखाएर प्रचण्ड र देउवा सहमतिबाट भाग्न खोजेको उनले आरोप लगाएका छन् ।‘एमालेलाई देखाएर सहमतिबाट पन्छिनु बेइमानी हो’ उनले भने, ‘चियापानको बहाना बनाएर मोर्चासँग एमाले नजिकिन खोजिरहेको बेला कांग्रेस र माओवादी त झन् जिम्मेबार भएर प्रस्तुत हुनु पथ्र्यो ।’
धोका र झूठको राजनीतिले कसैको पनि हित नहुने सुझाव दिँदै सुवेदीले भने, ‘प्रचण्ड र देउवाले आत्मघाती काम गर्न हुँदैन । यही रवैयाले परिस्थिति भयावह भए त्यसको जिम्मा उनीहरुले नै लिनु पर्छ ।’गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी जस्ता महत्वपूर्ण उपलब्धि जोगाउन संशोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नभएको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्