
काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ ।
वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो ।
वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट बजेट कार्यान्वयनका लागि समिति गठन गरेको मन्त्रालयका प्रवक्ता पेमनारायण कँडेलले जानकारी दिए ।
सरकारले आव २०७३/७४ को बजेट वक्तव्यको बुँदा नं २०१ मा सरकारी स्वामित्वमा रहेका नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड र टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडजस्ता संस्थालाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी निर्माण गरिनेछ भनी घोषणा गरेको थियो ।
समितिमा संयोजक भट्टसँगै मन्त्रालय र वन विभागका कानुन, योजना र प्राविधिक हेर्ने विभिन्न शाखा, महाशाखाका चारजना उपसचिव पदेन सदस्य रहेका छन् । समितिले तीन महिनाभित्र आफूलाई तोकिएको जिम्मेवारीसहित सिफारिस गर्ने संयोजक भट्टले जानकारी दिए ।
मन्त्रालयले यसअघि टिम्बर कर्पोरेसन, वन पैदावार विकास समिति र जडीबुटी प्रशोधन केन्द्रलाई गाभेर वन प्राधिकरण बनाउने प्रयास गरे पनि हालसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन ।
- काठमाडौँ टूडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्