×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्बपति विनोद चौधरीको अत्याचारः दशैंमा समेत तलव पाएनन मजदुरले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्बपति विनोद चौधरीको अत्याचारः दशैंमा समेत तलव पाएनन मजदुरले

२० आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पत्याउनुहुन्छ ? विश्वकै धनाढ्यहरुका सूचीमा दरिएका व्यवसायी विनोद चौधरीले विगत सात महिना देखि मजदुरलाई तलव नै नदिइ चरम श्रम शोषण गरिरहेका छन ।
ति मजदुरहरुले फागुन महिनादेखिको तलब पाएका छैनन भने दशैं पर्वमा समेत तिनलाई तलव दिइएको छैन । चौधरी गु्रप मातहतको सिजि टेलिकम्युनिकेशनमा काम गर्ने आधा दर्जन भन्दा धेरै कामदारले विगत फागुन महिना देखि तलब नपाएको गुनासो गरेका हुन । उनीहरुले आफूहरु माथि श्रम शोषण भएको भन्दै कार्यालयमामा मुद्दा दर्ता गराएकाछन् ।
पारिश्रमिकता नपाउनेहरुमा प्रमोद आचार्य, कन्द्र नारायण गुप्ता, केशव कार्की, नाम देव गौतम, गणेश न्यौपाने लगायत रहेका छन् ।
श्रम कार्यालयले सिजि टेलिकम्युनिकेशनले तलब नदिएको भन्दै जवाफको लागि व्यवस्थापकलाई बोलाएको थियो । तर, व्यवस्थापन पक्ष भने कर्मचारीलाई तलब दिनु त परै जाओस् छलफलमा समेत सहभागी भएका छैनन् ।
यहाँ हजारौँ कामदार कार्यरत चौधरी गु्रपको सिजि टेलिकम्युनिकेशन मोबाइल सम्बद्ध एउटा बिजनेश मोडल हो । यो त्यही कम्पनी हो,जहाँ केही महिना अघि कर्मचारीलाई जबरजस्ति निकाल्न खोजिएपछि आन्दोलन समेत भएको थियो ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी