×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पीडित परिवारलाइ भेट गर्दै झलनाथ खनालले भने : ठूला मिडियाले किन अन्यायको विरुद्ध बोल्दैन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पीडित परिवारलाइ भेट गर्दै झलनाथ खनालले भने : ठूला मिडियाले किन अन्यायको विरुद्ध बोल्दैन्

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – विगत १६ दिनदेखि नयाँ बानेश्वरस्थित ट्रलीबस अगाडि धर्ना बसिरहेकी दीपा गौतमलाई पुर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले भेट गरेका छन् । पीडितको अवस्थाको बारेमा जानकारी लिन उनी धर्ना स्थलमा पुगेका हुन् ।
उनले यस्तो विषयमा प्रचण्ड सरकार गम्भरी नभएको समेत आरोप लगाएका छन । उनले विश्वनाथलाई छुटाउन पहल गर्ने बताए । ‘देशमा निर्दोष मान्छे ६ वर्ष देखि जेलमा छन ।’ खनालले नेपालआजसंग कुरा गर्दै भने, ‘परिवारको सदस्य न्यायको लागि सडकमा उत्रिदा समेत न्याय नपाउदा लज्जित भएको छु । उब म उहाँहरुलाइ न्याय दिन पहल गर्नेछु । ’
उनले प्रधानमन्त्री तथा अन्य दलका नेतालाई भेटेर यो विषयमा छलफल गर्ने बताए ।
उनले भने ‘यस्तो विषयमा किन राजनीतिक दल चुप लागेर बस्ने ? निदोर्षलाइ न्याय दिनु पर्छ । मिडियाहरुले अन्यायमा परेका मानीसहरुको आवाज उठाउनुपर्छ । यस्तो विषयमा कान्तिपुर किन समाचार बनाउदैन । गोरखापत्र किन केही लेख्दैन । अरु ठुला मिडिया किन चुप छन । ’
दिपा आफ्ना निर्दाेष श्रीमानको रिहाइको लागि सरकारकारलाई दवाव दिन विगत १६ दिनदेखि धर्ना बसिरहेकी छन् । धर्ना स्तलको पाल मिलाउन क्रममा उनको खुट्टा पनि भाँचियो तर, पनि उनले आश मारेकी छैनन् । उनको धर्नालाई दुई छोरी र छोराले साथ दिइरहेका छन् ।
छोराछोरीले बुबाको हातको टीका नथापेको पनि छ वर्ष पुगिसकेको छ । ‘देशमा ठूला–ठूला अपराधी गुण्डा नाइके खुलेआम हिँड्दा राज्य मौन छ, तर निर्दाेष व्यक्ति छ वर्ष जेलमा बस्दा राज्यले रिहाइ गर्न सक्दैन’ छ वर्षदेखि खाली निदार लिएर बसेका छोराछोरीको भनाइ छ ।
विश्वनाथ गौतम युनिटी लाइफको काण्डमा जेल परेका थिए । उनी निर्दोष भएको प्रमाणित भएपनि सरकारले चासो नदिदा जेल जीवन विताउन बाध्य भएका छन् । उनीसँग जेल परेका युनिटी लाइफका सञ्चालक भने रिहाइ भइसकेका छन् ।
समयमै रिहाइ नगरे आमरण अनशन तथा सिहंदरबार घेराउ गर्ने बस्ने परिवारले चेतावनी दिएका छन् । धर्ना बसेको १६ दिन बितिसक्दा पनि सरकारी निकायबाट केही प्रतिक्रिया आएको छैन । यस्तो हुँदा देशमा सरकार नै नभएको महसुस गरेको दुखी हुँदै दिपाले सुनाइ ।
उनलाई फसाएर जेल चलान गरेको प्रमाणित भइसकेको गौतम परिवारले बताएका छन् । गौतम यूनिटीको सञ्चालक नभएर कर्मचारी मात्र रहेको कम्पनी रजिष्टारको कार्यालयले प्रमाणित गरिसकेको छ । विगत छ वर्षदेखि गौतम नख्खु कारागारमा छन ।
उनी निर्दोष भएको कुरा कम्पनी रजिष्टारको कार्यालयका साथै गृह मन्त्रालय, नेपाली कागे्रस, नेकपा एमालेलगायतका राजनीतिक दलले स्वीकार गरेर रिहाइ गर्न पत्रचार गरेपनि रिहाइ नभएको उनकी पत्नी दीपा गौतमले रुदैँ भनिन् ।
दीपाअनुसार उनको पति विश्वनाथलाई ठगी मुद्दामा निर्दाेश भएपनि मुद्दा फिर्ता गर्न मिल्दैन भनेर महान्यायवक्ताको कार्यालयले छुटाएको छैन् ।
  • नेपाल आज 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी