×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत,अफगानिस्तान र इरानसँग समेत एकैपटक लड्न सक्छन् यी सेनापति…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारत,अफगानिस्तान र इरानसँग समेत एकैपटक लड्न सक्छन् यी सेनापति…!

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी–भारत–पाकिस्तानबीच चर्को विवादले पाकिस्तानी सेना प्रमुख राहिल शरिफलाई फाइदै फाइदा पुग्ने संकेत देखिएको छ । सेना प्रमुख शरीफको आगामी महिनामा आफ्नो कार्यकाल सकिने भएतापनि दुई देशबीचको तनावले गर्दा उनको कार्यकाल फेरि थपिने संकेत देखिएको हो ।
पाकिस्तानस्थित एक रक्षा विश्लेषकहरुको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले भनेका छन्, सेना प्रमुख शारीफले पाकिस्तानमा राम्रो पकड बनाएका छन्, जबकि उनलाई हटाउने निर्णय हुन निकै कम सम्भवाना छ ।
प्रधानमन्त्री नवाज शरिफकै पार्टीले उनको कार्यकाल बढाउने तयारी गरिहेको बताइएको छ । पछिल्लो समयमा पाकिस्तान सरकारले सेना प्रमुख शरिफलाई हटाउने कुनै संकेत दिएको छैन । सुरक्षा विश्लेषकहरुका अनुसार पाकिस्तानमा यसबेला नयाँ आर्मी चिफका लागि निकै कठिनाई झेल्नुपर्ने भएकोले पनि अनुभवी राहिललाई नै सरकारले निरन्तरता दिनसक्छ ।
यसबेला पाकिस्तानले भारत, अफगानिस्तान र इरानसँग समेत सिधा कुटनीतिक मुकाबिला गर्नुपर्ने भएकोले यो परिस्थितिसँग जुध्नसक्ने सेनापति भनेकै राहिल रहेको धेरैको अनुमान छ र फौजी कमाण्ड समेत उनले कुशलतापूर्वक सम्हालिरहेका छन् ।
यो बीचमा पाकिस्तानमा सेना प्रमुख बनाउने नाममा निकै ठूलो खिचतानी पनि हुन सक्ने देखिने धेरैको अनुमान छ । यद्यपि, प्रधानमन्त्री नवाज शरिफले यसबेला आफ्नो विश्वासमा राखेर पाकिस्तानको फौजी कमाण्ड सम्हाल्न सक्ने नेतृत्वको रुपमा उनैलाई (राहिललाई) विश्वास गरिरहेका छन् । त्यसर्थ, उनको प्रतिस्पर्धामा कसैलाई अघि ल्याउन सक्ने अवस्था नरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी