×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलोपल्ट क्यानडाको सदनमा नेपाली मन्त्रीले रचे इतिहास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पहिलोपल्ट क्यानडाको सदनमा नेपाली मन्त्रीले रचे इतिहास

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ को ३९ औं महासभामा भाग लिन आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले क्यानडाको हाउस अफ कमन्सको सदस्य जेन तांगको निमन्त्रणामा नेपालको तर्फबाट इतिहासको पहिलोपटक यस्तो अवसर प्राप्त गरेका हुन् ।
पर्यटन मन्त्री शाहीको उपस्थितिमा पहिलो पटक नेपाल–क्यानाडा संसदीय मैत्री संघको गठन भएको छ । क्यानडाको तल्लो सदन हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा नेपाल–क्यानडा संसदीय मैत्री संघ को गठन भएको छ।क्यानडाको संसदका उप–सभामुख ब्रुस स्टान टन को अध्यक्षतामा संसदको समिति कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य जेन तांग को अध्यक्षतामा ७ सदस्यीय कार्यकारी समितिको निर्वाचित गरेको छ।
अध्यक्षमा निर्वाचित भएपछि संक्षिप्त मन्तव्य दिँदै माननीय ट्याङ्गले अन्य कुराका अतिरिक्त दुई देशबीचको व्यापार र पर्यटन प्रवर्द्वनमा सक्दो योगदान गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पर्यटन मन्त्री शाहीले नव गठित कार्यकारी समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिए । मन्त्री शाहीले नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त गरी आर्थिक विकासका लागि मार्ग प्रसस्त गरेको उल्लेख गरे ।
उनले नेपाल–क्यानाडा मैत्री संघको गठनबाट दुई देशका संसदका सदस्यहरुबीच अन्तर्क्रिया, छलफल र नेटवर्किङ हुन गई पारस्परिक सम्बन्ध विस्तार, संसदीय कार्यानुभव र भ्रमणहरुको आदान९प्रदान र जनस्तरको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।साथै, शाहीले दुई देशबीचको व्यापार, लगानी र पर्यटन प्रवर्द्वनमा समेत संसदीय मैत्री संघको गठनले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले नेपाल९क्यानाडा संसदीय मैत्री संघ गठन गर्ने आफ्नो प्रयासमा सहयोग गर्दै कार्यक्रममा उपस्थित भएकोमा सबै संसद तथा सिनेटका सदस्यहरुलाई धन्यवाद दिए ।
उनले सन् १९६५ मा ‌कूटनीतिक सम्बन्ध स्थापना भए देखि सुमधुर रहदैं आएको नेपाल९क्यानडा सम्बन्ध संसदीय मैत्री संघको गठनले अरु फराकिलो हुने विचार व्यक्त गर्दै नेपाल–क्यानडाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउन क्यानडा–नेपाल संसदीय मैत्री संघसँग मिलेर कार्य गर्ने बताए । उक्त बैठकमा गैरआवासीय नेपाली संघ९क्यानडा, ओटवास्थित नेपाली समुदायका केही व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
यस अघि क्यानडाको तल्लो सदन हाउस अफ कमन्सका सभामुखले माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री शाहीलाई संसदको विशिष्ट दीर्घामा आमन्त्रण गरी सम्पूर्ण सदस्यहरुबीच उनको स्वागत गरेका थिए ।क्यानडाको संसदमा पहिलो पटक गठन भएको यो संसदीय मैत्री संघ गठन गर्नका लागि राजदूत कालीप्रसाद पोखरेलले विगत एक वर्ष देखि पहल गरेका थिए । यस क्रममा राजदूत पोखरेलले यहाँको तल्लो र माथिल्लो सदन समेत गरी चार दर्जन भन्दा बढी सांसद तथा सिनेटरहरुसँग भेटघाट गरी मैत्री संघ गठन गर्नका लागि सहयोग गर्न अनुरोध गरेका थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी