
काठमाडौं – मासिक ८० हजारभन्दा वढी तलब भत्ता बुझ्ने पनि तिनै । हाजिर ठोक्दै विदेशी आइएनजिओका तारे होटलहरुमा भत्ता बुझ्न कुद्ने पनि यिनै । अझैं हाम्रा सांसदहरु आफ्नो तलव भत्ता र सुविधा कम भएको गुनासो गर्दैछन । कोरिया नगएरै लाहुरे बनेका हाम्रा माननीयज्यूहरुले सिंहदरबारमा खाएको खाजा र खानाको रकमको भ्योल्युम सुन्नुभयो भने तपाई तर्सनुहुन्छ ।
आर्थिक बर्ष २०७०–७३ सम्म सांसदहरुले खाजा खाना वापत् भनेर १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैँया खर्चिएको तथ्य फेला परेको छ । संसद सचिवालयले उक्त विवरण सार्वजनिक गरेको हो । संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा सो बराबरको रकम खर्च गरेको बताएको हो ।
सांसहरुको खाना खाजामा महिनामा ५७ लाख भन्दा बढि खर्च हुुने तथ्यांक संसद सचिवालयले सार्वजनि गरेको हो । त्यससँगै कुपन सिस्टम हटेसँगै मासिक रुपमा उक्त रकम बचत हुन थालेको छ ।
संसद सचिवालयले आथिर्क वर्ष २०७०९०७१ मा १ करोड ५ लाख, ०७१९०७२ मा ४ करोड ६० हजार ५८ हजार २ सय १० र आर्थिक वर्ष २०७२–०७३ मा ५ करोड १२ लाख ६१ हजार ७२४ रुपैया ७१ पैसा खाना खाजामा गरेको खर्च गरेको बताएको छ ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्