Skip to content
LAXMI SUNRISE BANK

राज्यमन्त्रीमा समस्या भएपछि देउवाले खोजे प्रचण्डको सहारा

अर्थ सरोकार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आन्तरिक विवाद मिलाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग साहारा मागेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले राज्यमन्त्रीमा भाग खोजेपछि देउवाले प्रचण्डको सहारा मागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट ८ राज्यमन्त्री मागेका छन् । तर देउवाले भने आन्तरिक विवाद मिलाउन ९ मन्त्रालय दिन आग्रह गरेका छन् । भागबन्डामा परेका मन्त्रालय मध्ये ५० प्रतिसतमा मात्र राज्यमन्त्री राख्ने सर्त अगाडी ल्याउँदै प्रचण्डले देउवाको प्रस्ताव अस्वीकार गरिदिएको स्रोतले बताएको छ ।
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ सिटौला र खड्काले एक एक राज्यमन्त्री माग गरेका छन् । तर देउवा आफ्नो पक्षबाट पाँच, पौडेल पक्षलाई २ र सिटौला पक्षलाई एक दिने तयारीमा छन् । देउवाको यो प्रस्तावलाई पौडेलले अस्वीकार गरेपछि उनी समस्यामा परेका छन् ।
दशै अगाडी राज्यमन्त्रीलाई सपथ खुवाउने तयारी देउवाले गरेका थिए । तर आन्तरिक विवाद मिलाउन नसकेका कारण उनले राज्यमन्त्रीको नाम सिफारिस गर्न सकेका छैनन् । तर राज्यमन्त्रीका लागि पौडेल पक्षले चार नाम सभापति देउवालाई पठाईसकेको छ । कपिलवस्तुका सुरेन्द्र आचार्य, काभ्रेका कञ्चन बादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं र कास्कीका जीवन परियारको नाम पौडेल पक्षले बुझाएको छ ।
उता देउवा कैलालीका दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलीप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता र मीन विश्वकर्मामध्येबाट राज्यमन्त्री बनाउने पक्षमा छन् । राज्यमन्त्रीका लागि आश्वासन पाएका नेताहरुले दशै अगाडी नै सपथ गराउन दवाव दिँदै आएका छन् । तर पौडेल पक्षको अवरोधका कारण उनले नाम पठाउन सकेका छैनन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK