Skip to content
LAXMI SUNRISE BANK

विजय गच्छदार पछाडि माले महासचिवले खरिद गरे सात करोडमा चौथो वंगला

अर्थ सरोकार

बर्षमा एक पटक आउने दशैं पर्व धेरै नेपालीका लागि दशा साबित बन्नेगर्दछ । दशैंमा लागेको ऋण तिर्न कि त घरखेत बन्धक राखेर खाडी भासिन्छन वा  मुग्लान पस्छन । तर, हाम्रा देशका अधिंकाश नेताहरुलाई एक पटक सत्तामा पुगेपछि उनीहरुलाई सदाबहार दशैं आँउछ ।
नपत्याए हेर्नुहोस त सत्ताबाट बाहिरिने बित्तिकै पूर्ववर्ती मन्त्रीहरुले धमाधम करोडौं पर्नै वंगला खरिद गरिरहेको । राष्टवादी कहिएका ओली सरकारबाट बाहिरिएलगत्तै उक्त सरकारका दुई उपप्रधानमन्त्रीले राजधानीमा अलिसान बंगला खरिद गरेका छन ।
सरकारबाट बाहिरिए लगत्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिका  अध्यक्ष तथा ओली सरकारका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले  बुढानिलकण्ठ नगरपालिका वडा १० मण्डिखाटारस्थित सात करोड रुपैंयाको बंगला खरिद गरेका थिए । उनले सुशील शम्सेर राणाको २७ आना जग्गामा बनेको  बंगला ७ करोडमा खरिद गरेका थिए ।
पटक पटक गरी हालसम्म ११ पटक मन्त्री बनिसकेका गच्छदारलाई समेत माथ खुवाउने गरी अर्काे कम्युनिष्ट नेता सिपि मैनालीले समेत डिल्लीबजारमा हालै मात्र बंगला खरिद गरेका छन । चारखाल नजिकै पूरानो धिम्ले अपसेट पछाडि आठ आना जग्गामा बनेको पाँच तले घर उनले छोरा सरोज मैनालीको नाममा पास गराएका हुन । यस अगाडि सोही स्थानमा उनको अर्काे घर छ । सो घरमा छोरा सरोजले गल्र्स होस्टल चलाँउदै आएका छन ।
सोही होस्टलसँगै जोडिएको रातो रंगको उक्त बंगला सात करोडमा खरिद गरिएको हो । सिपी मैनालीको नाममा राजधानीमा मात्र चारवटा बंगला छन । डिल्लीबजारका दुईवटा,रातोपुलमा पार्टी कार्यलय रहेको भवन र चावहिलस्थित उनी बस्र्दै आएको बंगला ।
यस अगाडि पूर्व अर्थमन्त्री रामशरण महतले समेत वूढानिलकण्ठमा झण्डै सत्र करोड रुपैंयामा जग्गा खरिद गरी त्यहाँ नयाँ बंगला निर्माण गर्दैछन ।
  • एस काठमाडौं 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK