×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकदिन भएपनि जेल बसिदिन ढुंगेललाई प्रचण्डको आग्रह, एक्लै जेल नबस्ने ढुंगेलको जवाफ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एकदिन भएपनि जेल बसिदिन ढुंगेललाई प्रचण्डको आग्रह, एक्लै जेल नबस्ने ढुंगेलको जवाफ

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय पाएका माओवादी केन्द्रका नेता तथा पूृर्वसभासद् बालकृष्ण ढुंगेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक दिन भएपनि जेलमा बसिदिन आग्रह गरेका छन् । तर दाहालको आग्रहलाई फरार अभियुक्त ढुंगेलले अस्वीकार गरिदिएका छन् ।
दाहाल प्रधानमन्त्री भएदेखि उनी निरन्तर वालुवाटार गइरहेका छन् । ‘युद्धकालमा संगै लडेका नेता साथीहरु मन्त्री भइसक्नु भयो तर मलाई भने त्यही एउटा मुद्दाका कारण देखाई अझै खुल्ला राजनीतिमा आउन सकेको छैन’ दाहालसँग सोमबार ढुंगेलले भनेका थिए ।
अदालतले द्धन्दकालिन मुद्दामा हात हालेर आफुलाई सर्वश्वसहित जन्मकैदको फैसला दिएका तर अध्यक्ष तथा प्रधानमन्त्री दाहालले आममाफीको कुनै प्रक्रिया अघि नबढाएको भन्दै गुनासो समेत गरेका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले तत्काल आफुलाई आममाफी दिने निर्णय गर्न र राष्ट्रपतिलाई दवाव दिन आग्रह गरेका थिए ।
प्रधानमन्त्रीसँग दलबलसहित पुग्ने गरेका ढुंगेलले मुद्दा फिर्ता नलिए आफुले कडा कदम चाल्ने चेतावनी पनि माओवादी नेताहरुसँग दिन थालेका छन् । कस्तो कडा कदम चाल्ने बताएका हुन् त्यो भने उनले अझै खोलेका छैनन् । निरन्तर आममाफीको निर्णय गर्न प्रधानमन्त्री दाहाललाई दवाव दिन थालेपछि उनले पनि कानुनको केही मात्रामा सम्मान गर्न आग्रह गरेका छन् । ‘अदालतले फैसला नगर्नु थियो गरिहाल्यो, त्यो बेला हामी पनि चुक्यौ, बाबुरामजी हुँदा आममाफीको निर्णय भएकै हो, राष्ट्रपति र सर्वाेच्च अदालतले रोक्यो’ जवाफमा प्रचण्डले ढुंगेललाई भने ‘तपाई एक दिन भएपनि जेलमा बसिदिनुस म आममाफीको निर्णय गराउँछु, सर्वाेच्च अदालतले फरार रहेका ब्यक्तिलाई आममाफी दिन नमिल्ने नजिर स्थापित गरेको छ ।’
प्रधानमन्त्रीले एक दिनभएपनि जेल बसिदिन गरेको आग्रहलाई ढुंगेलले अस्वीकार गरेका छन् । म जेलमा गएँ भने कहिले पनि बाहिर निस्किन दिँदैनन्, युद्ध त हामीले सामुहिक लडेका हौ तर सजाय र जेल मैले मात्र किन बस्नु पर्ने ? उनले यस्तो प्रतिवाद गर्न थालेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार मात्र नभइ उनी प्रधानमन्त्रीका लागि आयोजना गरिएका जिल्ला स्तरिय कार्यक्रममा पनि पुग्ने गरेका छन् । कतिपय स्थानमा प्रधानमन्त्रीसँग माला लगाएर कमजोरेर हिड्ने समेत गरेका छन् । फरार अभियुक्त ढुंगेलको सुरक्षार्थ प्रहरी नै तैनाथ हुने गरेका छन् । तर पनि प्रधानमन्त्रीका कारण प्रहरीले उनलाई पक्राउ गर्न सक्दैन ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वाेच्च अदालतले उनलाई पाँच बर्षअघि सर्वश्वसहित जन्मकैदको फैसला दिएको थियो । सर्वश्वसहित जन्मकैदको फैसला दिएपनि उनलाई प्रहरीले पक्रउ गर्ने आँट गरेको छैन । उनी सार्वजनिक कार्यक्रममा समेत भाषण गर्दै हिड्न थालेका छन् ।

  • एस काठमाडौं 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी