×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डका अघि देउवाको असन्तुष्टि, वामदेवले गरे प्रशंसा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्डका अघि देउवाको असन्तुष्टि, वामदेवले गरे प्रशंसा !

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको परामर्श परिषदको बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र प्राधिकरणको कामकारबाही प्रति असन्तुष्टि पोखेका थिए । त्यस्तै, पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम भने प्रधिकरणले गरेका कामका बारेमा प्रशंसा गरेका थिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री दाहालको जिम्मेवारीमा भूकम्प प्रभावित क्षेत्रबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने संसद सदस्यहरुमध्ये समावेशी सिद्धान्तका आधारमा प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुने गरी १४ जना सांसदलाई परामर्श परिषदको सदस्यमा मनोनित गर्ने रहेको छ ।
बैठकमा प्रधानमन्त्री दाहालले ४५ दिने अभियान अन्तर्गत जनतालाई आवास अनुदान वितरण गर्ने काम सन्तोषजनक भएको बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी