×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अन्तर्राष्ट्रिय विषयमा साझा दृष्टिकोण हुनुपर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘अन्तर्राष्ट्रिय विषयमा साझा दृष्टिकोण हुनुपर्छ’

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा – पूर्वसभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय विषयमा नेपालको दृष्टिकोण साझा हुनुपर्ने बताएका छन् । 
बिर्तामोडमा युवा सङ्घ नेपाल झापा र नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङले मुलुकमा कुनै पनि समस्या देखापरे आपसी छलफल, संवाद र सहमतिबाट टुङ्ग्याउ पर्ने बताए । 
उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई खेलाँचीका रुपमा हेर्न नहुने बताउँदै वर्तमान सरकारको व्यवहारले अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै फाइदा नपुग्ने विचार व्यक्त गरे ।
त्यस्तै एमालेका नेता अग्निप्रसाद खरेलले आगामी चैतभित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्न नसकिने जिकिर गरेका छन् । 
दमकमा नेकपा (एमाले) दमक नगरकमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वकानुनमन्त्री खरेलले आवश्यक विधेयक संसद्मा पेस नभएका कारण चुनाव सम्भव नभएको भनाइ राखे । 
संविधान कार्यान्वयन गर्ने विषय अहिलेको मुख्य चुनौती भएको बताउँदै उनले संविधानअनुसार स्थानीय तहको पुनःसंरचना गर्नुपर्ने धारणा राखे । 
स्थानीय पुनःसंरचना निर्धारण आयोगको प्रतिवेदनअनुसार नै स्थानीय तहको पुनःसंरचनालाई अघि बढाउनुपर्ने हुन्छ ।

  • इमान्दार मिडिया 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी