×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मासिक १ लाख भाडा तिर्न बाध्य प्रहरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मासिक १ लाख भाडा तिर्न बाध्य प्रहरी

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – रोल्पा जिल्लामा रहेका प्रहरी युनिटको आफ्नै भवन नहुँदा  मासिक एक लाखभन्दा बढी भाडा तिर्नु परेको छ । माओवादी सशस्त्र युद्धमा क्षति पुगेका प्रहरी युनिट हालसम्म पुनःनिर्माण नहुदा प्रहरी भाडामा बस्न बाध्य भएका हुन् । 
जिल्ला प्रहरी कार्यालय रोल्पा समेत भाडा तिरेर कार्यालय सञ्चालन गर्ने प्रहरी युनिट अन्तर्गत पर्दछ । युद्धताका भवन क्षति नभए पनि भवन अपुग हुँदा जिल्ला प्रहरी कार्यालयले मासिक ४० हजार रुपैयाँभन्दा बढी भाडा तिर्दै आएको जानकारी दिएको छ ।
शान्ति प्रक्रियापश्चात जिल्लाका विभिन्न ३६ स्थानमा प्रहरी युनिट पुनःस्थापना गरिएको भए पनि हालसम्म आठ प्रहरी युनिट मात्र आफ्नै भवनमा रहेका छन् ।
शान्ति प्रक्रियाको एक दशक पुग्दासम्म प्रहरी युनिट आफ्नै भवनमा बसेर सुरक्षा दिन नसक्नु दुःखद् रहेको नागरिक अगुवा सुन्दरकुमार शर्माले बताए । शान्ति प्रक्रियाको १० वर्षमा मुस्किलले तीनवटामात्र प्रहरी युनिट बनेका छन् ।
प्रनाउ घर्तीमगरलका अनुसार भाडाका घरमा अपराधका आरोपीलाई सुरक्षित गर्न र प्रशासनिक काम गर्न कठिन हुने गर्दछ । जिल्ला प्रहरी कार्यालयका अनुसार भाडाका घरबाट सेवा दिन गाह्रो भइरहेको र तत्काल भवन बनाउन आवश्यक रहेकोबारे जिल्ला प्रहरी कार्यालयबाट पटकपटक विभाग र सम्बन्धित निकायमा पत्राचार हुदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी