×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इपिजीको बैठकमा सहभागी हुन प्रवुद्ध समूह दिल्ली गए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

इपिजीको बैठकमा सहभागी हुन प्रवुद्ध समूह दिल्ली गए

Artha Sarokar

१७ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

काठमाडौँ – नेपाल–भारत प्रबुद्ध समूह इपिजीको बैठकमा सहभागी हुन नेपाली टोली सोमबार नयाँदिल्ली तर्फ गएका छन्। नेपाली टोलीका संयोजक भेषबहादुर थापाको नेतृत्वमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र सूर्यनाथ उपाध्याय त्यसतर्फ गएका हुन्।

बैठक मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ। बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने नेपाली टोलीका सदस्य भट्टराईले जानकारी दिए। यसअघि नेपालमा भएको इपिजी बैठकमा भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि तयार रहेको जानकारी दिँदै नेपालले के कस्तो संशोधन चाहेको हो प्रस्ताव ल्याउन आग्रह गरेको थियो। 
इपिजी गठन भएको झन्डै चार महिनापछि यसको पहिलो बैठक गत असारमा काठमाडौँमा बसेको थियो। इपिजीमा भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी