
- अर्थ सरोकार सम्बतदाता
सरकारले संविधान संशोधन विधेयक दशैंपछि मात्र ल्याउने भएको छ । संसद सचिवालय स्रोतका अनुसार सरकारले यो अधिवेशनमा संविधान संशोधन विधेयक नआउने जानकारी गराएको छ ।सरकारले निर्वाचन कानुन सम्बन्धी तीन वटा विधेयक भने संसद सचिवालयमा दर्ता गराएको छ । यो भोलिको संसद बैठकमा पेश हुने बताइएको छ ।
मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक नल्याएर सरकारले आफूहरुलाई ढाँटेको टिप्पणी गरेको छ । मोर्चाले अब सरकारलाई विश्वास गर्ने आधार समाप्त हुन लागेको बताएको छ । मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले भने(‘सरकारले हामीलाई कहिले प्रधानमन्त्री दिल्ली जानुअघि संविधान संशोधन बिधेयक दर्ता गर्ने भन्यो, कहिले दशैंअघि भन्यो । अहिले आएर केही पनि गरेन,अब विश्वास गर्ने ठाउँ रहेन ।’
स्रोतका अनुसार संविधान संशोधन सन्दर्भमा कांग्रेस र माओवादीभित्रै कुरा मिलेको छैन । सत्तापक्षमै कुरा नमिलेकाले सरकारले एमालेसँग यसबारेमा छलफल गर्न सकेको छैन ।
संविधान शंसोधनको मुख्य विषय प्रदेशहरुको सीमांकन पुनरावलोकनमा सरकारमा सहभागी दलबीचमै कुरा नमिलेकाले अहिले विधेयक आउन नसक्ने जानकारी प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेतालाई दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्