Skip to content
LAXMI SUNRISE BANK

अबैध बित्तिय कारोबार गर्ने ४ भारतिय सहित ५ जना २ करोड १३ लाख सहित पक्राउ

अर्थ सरोकार

काठमाडौँ – अवैध वित्तिय कारोबार अर्थात हुण्डीको संचालन गरेको आरोपमा आज पर्सा प्रहरीले ८१ लाख नगद र १ करोड ३२ लाख रुपैयाको चेक सहित ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज उपमहानगरपालिका वडा नं ७ रेश्मकोठी निवासी उषा गोयन्काले सुर्तिजन्य वस्तुको विक्री वितरण गर्ने, निर्माण सामग्री, खाद्य सामग्रीको कारोबार गर्ने, सुन चांदीका गरगहना तथा सजावटका सामग्रीको कारोबार गर्ने भनि स्वीकृति लिएको न्यु नेहा ओभरसिजमा अवैध वित्तिय कारोबार अर्थात हुण्डीको संचालन गरेको सूचनाको आधारमा छापा मारेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।
पक्राउ पर्नेहरुमा भारत बिहार मोजफ्फरपुर जिल्ला सिकन्दरपुर बस्ने ५५ वर्षिय सन्तोष कुमार जैन, निजकी श्रीमति ५० बर्षिय उषा गोयन्का, निजका छोरा ३२ बर्षिय विक्की भन्ने अंकुर जैन, पर्सा जिल्ला लंगडी निवासी ३३ बर्षिय सुनिल कुमार पटेल र विरगंज उपमहानगरपालिका ३ छपकैया बस्ने २३ बर्षिय जिवन ठाकुर रहेका छन् । प्रहरीले घटना स्थलबाट ८१ लाख १० हजार ४ सय रुपैया नगद, १ करोड ३२ लाख ७८ हजार ९ सय विभिन्न बैंकमा रहेका चेकहरुको रकम, १ थान फ्याक्स मेसिन, १ थान पैसा गन्ने मेसिन, मोबाईल ७ थान, विभिन्न बैंकका चेक थान २४ लगायतका सामानहरु बरामद गरेको प्रहरी उपरिक्षक डा।राजुबाबु श्रेष्ठ आइतबार पत्रकार सम्मेलन बताए ।
अवैध हुण्डीको कारोबार संचालन गरेको अभियोगमा २ करोड भन्दा बढी नगद र चेक सहित पक्राउ परेको यो घटना पर्साको पहिलो घटना हो । अभियुक्तहरुलाई बैकिङ्ग कसुर अन्तरगत मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK