×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएको जलविद्युत् आयोजनाको निर्माण कार्य पुनः सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रोकिएको जलविद्युत् आयोजनाको निर्माण कार्य पुनः सञ्चालनमा

१७ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

पर्बत -कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन भएको छ ।
तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्टक्चर व्यवस्थापन र त्यस प्रालिमा कार्यरत आन्दोलनकारी मजदुर र कर्मचारीबीच सहमतिपछि सोमबारदेखि निर्माण कार्य सञ्चालन भएको हो । सुरुङ निर्माण कार्यमा संलग्न मजदुर र कर्मचारीले तलब सुविधा बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए ।
साउथ एसियन इन्फ्रास्टक्चर प्रालिले मजदुर र कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने सहमति गरेको छ । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्यको ठेक्का लिएको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनीमा कार्यरत २०० भन्दा बढी मजदुर र कर्मचारी कार्यरत छन् । उनीहरुले २५ प्रतिशत तलब वृद्धिको माग गर्दै आएका थिए ।
अहिलेसम्म तल्लो मोदीखोला जलविद्युत् आयोजनाको चार हजार २१ मिटर सुरुङमध्ये तीन हजार ५८३ मिटर सुरुङको निर्माण कार्य सकिएको छ । अब बाँकी रहेको ४३८ मिटर सुरुङ आगामी जेठ महिनाभित्र सक्ने लक्ष्यसहित काम भइरहेको साउथ एसियन इन्फ्रास्टक्चर प्रालिका परियोजना प्रबन्धक ध्रुव मिश्रले जानकारी दिए । “तलब वृद्धिको मागलाई सम्बोधन गरेर निर्माण कार्य सञ्चालन गरेको उनले बताए । “दसैँ, तिहार, छठजस्ता चाडपर्वपछि निर्माण कार्यले गति लिन्छ ।”
पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा निर्माण भइरहेको आयोजनाको निर्माण कार्य २०७४ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले काममा ढिलाइ भएकाले निर्माण कार्य एक वर्ष ढिलाइ भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी