
काठमाडौं । सर्वसाधरणहरु दशै मान्न गाउँतिर गइरहेका बेला मन्त्री, पूर्वमन्त्री, सांसद र दलका नेताहरु भने विदेश जाने तयारीमा छन् । केही मन्त्री र नेताहरु भने केही दिनदेखि विदेशमै छन् ।
संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् । उनी दशैको टीकाका दिन फर्किन कार्यक्रम भएपनि निश्चित भइनसकेको एक नेताले बताए । हाल युरोपमा रहेका यादव कहिले फर्किने भन्ने अझै टुंगो लागि सकेको छैन ।
राप्रपा अध्यक्ष पशुपति शमसेर राणा सोमवार सिंगापुर जाँदैछन् । उनका परिवारका सदस्यहरु पनि विदेशमै छन् । एउटा छोरी बेलायत छन् भने अर्की छोरी भूटानमा छन् । दशैको टीका लगाउन दुवै छोरीलाई उनले सिंगापुर बोलाएका छन् ।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पनि बुधबार दिल्ली जाँदैछन् । दशै र तिहारपछि मात्र उनी स्वदेश फर्किने भएका छन् । उनकी छोरी भारतको पुनामा अध्ययन गर्दैछिन् ।
त्यसैगरी तपलोपा अध्यक्ष महन्थ ठाकुर पनि दिल्ली जाँदैछन् । वर्तमान मन्त्रीहरु जीवनबहादुर शाही, बाणिज्यमन्त्री रोमी गौचन, भूमिसुधारमन्त्री विक्रम पाण्डे पनि विदेशमै छन्, राजधानी दैनिकमा समाचार छ ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्