
काठमाण्डाैँ – व्यवस्थापिका–संसद्ले ६ आयोगसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।त्यसअघि बैठकमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले ती आयोगसम्बन्धी विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
आइतबारको बैठकमा राष्ट्रिय दलित, राष्ट्रिय समावेशी, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम आयोग विधेयक २०७३ लाई छलफलका लागि समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत भएको हो । यसअघि बैठकले विधायन समितिमा रहने सदस्यको नाम थपसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त समितिमा प्रेमबहादुर सिंहको नाम थप गरिएको छ । सभामुख ओनसरी घर्तीले आइतबारको बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्