Skip to content
LAXMI SUNRISE BANK

राजाकै हैसियतमा पूर्वराजाले पचली भैरबलाई खड्ग चडाए, गणतान्त्रिक राज्यमा राजाको जयजयकार

अर्थ सरोकार

काठमाडौं – बसन्तपुरको पचली भैरबमा राष्ट्रप्रमुखले खड्ग  चडाउन परम्परा छ । तर राष्ट्रप्रमुखबाट हटेको ८ बर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राजाकै हैसियतमा आइतबार  पचली भैरबमा खड्ग चढाएका छन् ।
खड्ग चडाउन पूर्वराजा ज्ञानेन्द्र शाह आज बसन्तपुर पुगेका थिए । बसन्तपुरमा उनलाई स्वागत गर्न पन्चकन्यादेखि हजारौ सर्वसाधरण जम्मा भएका थिए । राजा पुग्न साथ त्यहाँ जयजयकारको नारा घन्किएको थियो । सर्वसाधरणले पूर्वराजालाई फुलगुच्छा दिने तयारी गरिएपनि भीड ज्यादा  भएका कारण उनले धेरै सर्वसाधरणका हातबाट पुष्पगुच्छा लिन पाएनन् ।
खड्ग १२ बर्षमा चढाउने परम्परा छ । देशमा राजा नभएपछि राष्ट्र प्रमुखले चढाउने कार्यक्रम थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल जान नमानेपछि आयोजकले पूर्वराजालाई रोजेका थिए । पूर्वराजाले पनि राजाकै हैसियतमा खड्क चढाएका छन् । आयोजिक स्थानीय गुठियारले राजाकै हैसियतमा आमन्त्रण गरेका थिए भने राजाकै रुपमा खडक चडाएको पूर्वराजाका प्रेस सल्लाहकार फनिन्द्रराज पाठकले बताए । 44
२०५८ मा ज्ञानेन्द्रले राजा हुँदा त्यो बेला पखि खड्ग उनले नै चढाएका थिए । गणतन्त्र नेपालमा पनि उनले राजाकै हैसियतमा खड्ग चडाएका छन् ।  ज्ञानेन्द्र गणेस्थानदेखि पचलीभैरवसम्म पैदल नै गएका थिए ।  पचली भैरबमा खड्ग चढाएपछि उनले पूर्वराजा ज्ञानेन्द्रले सवालाख बत्ती बालेका थिए ।
‘देशमा शान्ति, स्थायित्व र देशवासीमा खुसीयाली छाओस भन्ने कामना गरेको छु’ खड्क चडाएपछि पूर्वराजा ज्ञानेन्द्रले संक्षिप्त प्रतिक्रिया दिए ।

  •  एस काठमाडौं 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK