×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली भाषालाई पनि तिमीले भारतको राष्ट्रिय भाषा बनाउने आँट गर्छौ त ?

LAXMI SUNRISE BANK

नेपाली भाषालाई पनि तिमीले भारतको राष्ट्रिय भाषा बनाउने आँट गर्छौ त ?

१६ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  सांसदहरुले व्यवस्थापिका–संसदको बैठकमा हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिन नहुने धारणा राखेका छन् । 
नेकपा माओवादी केन्द्रका सांसद दुलाली हरिजनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाएपछि नेपाली भाषालाई पनि भारतले राष्ट्रिय भाषाको मान्यता देला त ? भन्ने प्रश्न गरे । उनले नेपाली भाषा मात्रै राष्ट्रिय भाषा हुनुपर्ने र हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिन नहुनेमा जोड दिए ।
माओवादी केन्द्रका सांसद प्रतीक्षा मुखिया तिवारीले सहिद परिवार, बाढीपहिरो र भूकम्पपीडितलाई दसै अघिनै राहत दिइनुपर्ने बताए ।
नेकपा एमालेका धनबहादुर घलेले भूकम्पछि तयार गरिएको लाभग्राहीको सूचीमा धादिङमा १४ हजार पीडितको नाम छुटेको भन्दै त्यसलाई सच्चाउन माग गरे ।
एमालेकै सांसद नरबहादुर थापामगरले धौलागिरि अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र परिचारिकाको व्यवस्था गर्न माग गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी