
एजेन्सी– केही दिनअघि पाकिस्तानको सीमामा घुसेर भारतले गरेको भनिएको सर्जिकल स्ट्राइकको पाकिस्तानले प्रमाण मागेको छ ।
भारतीय सेना पाकिस्तानी सीमामा घुसेर गरेको फायरिङबाट पाकिस्तानी सेनाको मृत्यु भएपछि भारतले त्यसलाई सर्जिकल स्ट्राइक बताउँदै आएको छ । भने पाकिस्तानले त्यो सर्जिकल स्ट्राइक नभएको दाबी गर्दै आएको छ ।
यसकै बीच पाकिस्तानी सेनाको सूचना विभागमा निर्देशक खफ्टिनेट जनरल आसिम सलीज बाजवाले आफूहरु पश्चिम सीमामा अतिक्रमणविरुद्ध लडाइ लड्न लागेको बताउँदै यसमा पाकिस्तानी सेनाले कुरवानी दिनुपर्ने बताएका छन् ।
उनले पाकिस्तानको सुरक्षाका लागि आवश्यक हरेक कदम उठाउन आफूहरु तयार रहेको बताएको छ । साथै आसिमले भारतले पाकिस्तानी सीमामा घुसेर सर्जिकल स्ट्राइक गरेको बताउनु मूर्खता, गैरजिम्मेवारी र प्रष्ट देखिने झुट भएको बताएका छन् ।
आफ्नो देशमा निरीक्षणका लागि अन्तर्राष्ट्रिय समुदायलाई स्वागत रहेको भन्दै उनले भारतले गरेको भनेको सर्जिकल स्ट्राइकको प्रमण पेश गर्न चुनौति दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्