×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमबिबिएस उर्तिण गराइदिने भन्दै रकम असुल्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

LAXMI SUNRISE BANK

एमबिबिएस उर्तिण गराइदिने भन्दै रकम असुल्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

१६ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।
महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र सिन्धुली आम्बोटे गाविस घर भई सो संस्थामा कार्यरत गणेश अधिकारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । अधिकारीले काठमाडाँै, नागार्जुन नगरपालिका बस्ने विमला पन्तकी छोरी सायसालाई आफ्नो विभिन्न चिकित्सकसँग राम्रो चिनजान रहेकाले यही असोज १५ गतेदेखि हुने एमबिबिएस परीक्षामा उत्तीर्ण गरीदिन्छु भन्दै रु दुई लाख मागेका थिए ।
आमा विमलाले अन्य व्यक्तिलाई बुझ्दा त्यसरी उत्तीर्ण गराउन नसक्ने यकिन भएपछि महाशाखामा आई निवेदन दिनुभएको थियो । त्यसपछि महाशाखाबाट सादा पोसाकमा पन्तका साथमा संस्थामा प्रहरी टोली खटी अधिकारीले मोलमोलाई गरिरहेको अवस्थामा गत बुधबार पक्राउ गरिएको हो ।
अधिकारीलाई सोधपुछ गर्दा सञ्चालक साहमार्फत सो काम हुने भनी बयान दिएपछि बिहीबार साहलाई समेत पक्राउ गरिएको महाशाखाले जनाएको छ । सञ्चालक साहले आफू चिकित्सक भएको बताई ठगी गर्ने गरेको भए पनि उनी चिकित्सक नभएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अभियुक्तलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी