Skip to content
LAXMI SUNRISE BANK

दसैँको लागि सरकारले वैकल्पिक यातायातको व्यवस्था गर्दै

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपालीहरुको महान चाड दसैँ सुरु भएलगतै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । नागढुंगा नाकाबाट नियमितभन्दा १० हजार बढी यात्रु बाहिरिन थालेका छ । 
महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका सइ गुणनिधि खकुरेलका अनुसार सामान्य अवस्थामा २५–२६ हजार यात्रु बाहिरिन्थे भने शनिबार करिब ३५ हजार बाहिरिएका छन् । 
यातायात व्यवसायीले अनेक माग राखेर मनपरी गर्न खोजेपछि सरकारले वैकल्पिक व्यवस्था गर्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैँको यातायात समस्या समाधान गर्न सरकारी गाडी लामो दूरीमा यात्रु बोक्न सञ्चालन गर्ने तयारी थालेको छ । 
मुख्यसचिव डा. सोमलाल सुवेदीले आइतबार बिहान सचिवहरूको बैठक बोलाइ सबै सरकारी बसको विवरण संकलन गरी सञ्चालनको योजना बनाउन लागिएको छ । प्रहरी तथा सेनाको बसलाई समेत दसैँमा यात्रु बोक्न सञ्चालन गर्ने  सरकारको योजना रहेको छ ।
यातायात व्यवस्था विभागले दसैँमा घर जाने यात्रु ओसार्न स्कुल तथा कलेजका बस प्रयोग गर्ने तयारी गरेको छ । विभागले प्याब्सन, एनप्याब्सन तथा प्लस टु कलेज सञ्चालकको संस्था हिसानका अधिकारीहरूलाई आइतबार छलफल गर्न बोलाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK