×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री रामशरण महतले लिएको अडानका र जोशीको निर्णाय अन्यौल

LAXMI SUNRISE BANK

अर्थमन्त्री रामशरण महतले लिएको अडानका र जोशीको निर्णाय अन्यौल

१५ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल औषधी कम्पनी लिमिटेडलाई राज्यले सन्चालन खर्च उपलव्ध गराएसंगै नेपालमा सुरु गरिएको निजिकरणको मान्यता र प्रकृयाका वारेमा फेरी वहस सुरु भएकोहुन थालेको छ । लामो समय देखी उत्पादन वन्द भएर रुग्ण अवस्थामा पुगेको लिमिटेड राज्यले चलाऊनु आँफैमा सुखद कुरा भएपनी यसले राज्यको निजिकरण सम्वन्धी निती माथि भने प्रश्न उठाएको छ ।

अझ नेपाली कांग्रेसको सरकार रहेकै वेला २०४८ साल देखी चार तरिकावाट सुरु गरिएको निजीकरण प्रकृया उही पार्टी कै उध्योग मन्त्रीको निर्णयले अव संकटमा पर्ने हो कि पनि भन्न थालिएको छ ।निजिकरणकै बिषयमा तत्कालिन अर्थमन्त्री रामशरण महतले लिएको अडान र वर्तमान उध्योग मन्त्री नविन्द्रराज जोशीले गरेको निर्णयले नेपाली कांग्रेस पनि यस मामलामा अन्यौलमा छ कि भन्नै पर्दछ ।

यस अघी चितवन डेरी उध्योग सन्चालनको लागि राज्यले २ अर्व रुपैयाँ विनियोजन गर्न आग्रह गर्दा महतकै लिटोका कारण उध्योग पुन सन्चालनमा आउन सकेको थिएन । त्यती बेला महतले भनेका थिए ( उध्योग निजी क्षेत्रले चलाऊने हो तिनमा राज्यको कुनै भूमिका हुँदैन । तर उनै महतको राजनीतिक पार्टिका नेता जोशीले भने त्यसको विपरित त्यस्तै रुग्ण अवस्थामा रहेको उधोग सन्चालनमा राज्यको लगानिलाई प्रश्रय दिए । यही मात्रै होइन अब छिट्टै हेटौंडा कपडा उधोग लगायतका उधोग राज्यले भलार्ने प्रकृयामा मन्त्री जोशी लागेका छन् ।

नेपालमा अत्यन्तै प्रचलनमा रहेका सिटामोल र सलाइन आदी उत्पादन गर्ने औषधी उधोग सन्चालनमा रहेको सिटामोलले लादीएको एकाधिकारको अन्त्य हुनेछ । यो आँफैमा सुखद पक्ष हो । तर यस्तै एकाधिकारको अन्त्य गरेर वार्षिक २ अर्व भन्दा वढीको दुध र दुध जन्य पदार्थ आयात प्रतिस्थापन गर्ने र देसमा वढिरहेको मिल्क होलीड अन्त्य गरेर दुधमा स्वावलम्वी वनाउने आयोजना मा राज्यको ध्यान नजानु भने आँफैमा दुर्भाग्य पूर्ण मान्नै पर्छ ।

उधोग मन्त्री जोशीले औषधी उधोगलाई अनुदान उपलव्ध गराएर सन्चालन प्रकृयामा लागेसंगै रुग्ण भएका थुप्रै उधोगले यस्तै अनुदानको अपेक्षा गर्नु स्वाभाविक हो । संगसंगै नेपाली कांग्रेसको नेताको रुपमा देशलाई औधोगिकरणमा राज्यको भूमिका आवश्यक छ भन्ने सन्देस पनि यो हो  यसले डा महतको मिसनमा त पक्कै अवरोध श्रीजना गर्छ । तर महतकै कोपभाजनमा पारेर वन्द गराइएका भुकुटीकागज ,कारखाना ,अस्तित्वनै नामेट भएको बाँसवारी छाला जुत्ता उधोग , सेयर बेचिएका नेपाल ल्युव ,बालाजु कपडा उधोगले पनि जोशिको तुइन समयएर गाड पार गर्ने सपना देख्न सक्छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी