×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलार्इ चुनाव हार्ने डर !

LAXMI SUNRISE BANK

प्रचण्डलार्इ चुनाव हार्ने डर !

१५ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले स्थानीय निर्वाचन हारे पनि तोकिएकै मिति भित्र गराउने बताएका छन् ।

‘आगामी चैतमा हामी स्थानीय निर्वाचन गराउनु खोज्दैछौं । तपाईंहरूले ध्यान नदिँदा हार्छौं । चुनाव हारे पनि गराउनु जित्नु हो’, राजधानीमा जारी प्रेस सेन्टरको महाधिवेशनको बन्दसत्रमा शुक्रबार प्रधानमन्त्री दाहालले भने ।

‘कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसले देशैभर चुनाव जित्दैछ भन्ने लागेको थियो तर परिणामले देखायो कांग्रेसले पूरै हार्यो‍ । अहिले पनि माओवादी केन्द्रलाई लागेको छ, हामी चुनाव जित्छौं ।तर तपाईंहरूको गतिविधिले हार्छौं, हारे पनि निर्वाचन हुन्छ र निर्वाचन हुनु भनेको जित्नु पनि हो’, प्रधानामन्त्री दाहालले भने । उनले मंसिर पहिलो साताभित्र स्थानीय निर्वाचनको मिति तय भइसक्ने संकेत गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘स्थानीय निकाय जित्न पार्टीभित्रको आन्तरिक एकता अपरिहार्य छ । त्यसको सम्भावना अहिले कमजोर भएकलो तत्काल सबल र सुदृढ गरिनुपर्छ ।’ माओवादी केन्द्रले सरकार, संसद् र सडकलाई उपयोग गरिरहेको प्रधानमन्त्रीले बताए ।

‘पहिले पार्टीको अग्रमोर्चामा बन्दुक थियो । तर अहिले कलम आइपुगेको छ । सोहीअनुसार तपाईंहरूको भूमिका हुनुपर्योक’ उनले माओवादी निकट सञ्चारकमीलाई आग्रह गरे ।

उनले संक्रमणकालीन अवस्था र संविधानप्रतिको जिम्मेवारीबोध गर्दै आफूहरूले संसदीय व्यवस्थामा सम्झौता गरेको औंल्याए । उनले भने, ‘ शान्तिकालमा आइसकेपछि केही कमीकमजोरी रहे, विसंगतिका कारण पार्टीलाई एकताबद्ध गराइराख्न सकेनौं ।’

  • एसियन समाचार
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी