Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको भूमिका कमजोर रहेको प्रकाशमान सिँह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको भूमिका कमजोर भएको भन्दै  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्री र पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले कांग्रेस ठुलो पार्टी भएपनि सरकारमा माओवादी ठुलो पार्टी बनेको बताए  । ‘काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ ’ उनले भने ‘स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा काँग्रेस नेतृत्व गम्भीर हुनुपर्छ,।’

काँग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको बताए । माओवादीका सामु कांग्रेस विरालो बनेको समेत उनले बताए । पार्टी सभापति देउवा र सरकारमा गएका मन्त्रीहरुको भूमिका राम्रो नुहँदा कार्यकर्तामा निराषा र माओवादीमा उत्साह जागेको पनि उनले बताए ।

पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उनले महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद अवस्था भएको बताए । सभापति देउवाले कांग्रेस हाँक्न नसकेको आरोप समेत लगाए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK