×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार

PRIME CA

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज कार्यालय समयसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीले गत शुक्रबारबाट १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
कुल ६६ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको सेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरिरहेको छ । सो कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा मंगलबार साँझसम्म साढे पाँच गुणा बढी आवेदन परेको छ । बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार १५ लाख ७० हजार ४१४ जना आवेदकबाट ३ करोड ३४ लाख ६७ हजार ५७० किता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ५.६३ गुणा बढी हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: