Skip to content
LAXMI SUNRISE BANK

भूकम्पपीडितसरह नै बाढीपीडितलाई राहत दिने प्रचण्डको घोषणा

अर्थ सरोकार

  • अर्थसरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडित सरह नै बाढीपीडितलाई पनि सरकारले राहत दिने घोषणा गरेका छन् । शनिवार विहान प्युठानको पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न भन्दै हेलिकोप्टरमा प्युठान पुगेका प्रचण्डले विशेष पहिरोपीडित क्षेत्रको अवलोकन तथा विशेष सम्बोधन गर्दै बाढीपहिरोपीपिडतलाई पनि भूकम्पपीडित सरह नै राहत दिने घोषणा गरेका हुन् ।

बर्दिया जाने क्रममा प्युठानको पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गएका प्रधानमन्त्री प्रचण्डले बाढीपहिरोपीडित परिवारलाई तत्काल चाडपर्व खर्च भनेर प्रतिपरिवार १५ हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

प्रचण्डले हेलिकोप्टरबाट नै प्युठानको पहिरो प्रभावित लुङ, फोप्ली, बाहने लगायतका क्षेत्रको अवलोकन गरेका थिए । दुई महिनाअघि प्युठानको लुङ, फोप्ली, बाहने लगायतका क्षेत्रमा पहिरो जाँदा ठूलो क्षति भएको थियो ।

प्युठानको पहिरोमा परि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यको समेत मृत्यु भएको थियो । प्युठानको पहिरोमा परि ५६ जनाको मृत्यु हुनाका साथै २ सय २८ घर क्षति भएको थियो ।चाडपर्व खर्च तत्काल १५ हजार दिइनेघोषणा गरेका हुन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK