×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बृद्धाबृद्ध खुसी पार्ने गरी जारी गरे प्रचण्डले विज्ञप्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बृद्धाबृद्ध खुसी पार्ने गरी जारी गरे प्रचण्डले विज्ञप्ति

Artha Sarokar

१५ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गर्दै जेष्ठ नागरिकको सम्मानद्वारा राष्ट्रमा असल परम्परा स्थापित गर्नुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि राज्यले हाल प्रदान गरेको सुविधा तथा सहुलियत पर्याप्त नभएपनि एउटा असल परम्पराको थालनी भएको छ । आगामी दिनमा यसलाई सम्मानजनक जीवन जिउन सक्ने गरी क्रमशः बिस्तार गर्दै जाने कुरामा सरकारले विशेष ध्यान दिने कुरा विश्वास दिलाउन चाहन्छु ।’

प्रधानमन्त्रीले नेपालको संविधानले मौलक हकका रुपमा ज्येष्ठ नागरिकलाई मौलिक हकका रुपमा विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको स्मरण गरेका छन् ।

सन्देशमा प्रधानमन्त्रीले ‘जेष्ठ नागरिकहरुले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्नुपर्ने नीति आवश्यक रहेको‘ उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी