×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेस आन्दोलनको छानविन आयोग विवादमा फस्यो, प्रधानन्यायाधीशले सोधिन गृहमन्त्रालयलाई प्रश्न

LAXMI SUNRISE BANK

मधेस आन्दोलनको छानविन आयोग विवादमा फस्यो, प्रधानन्यायाधीशले सोधिन गृहमन्त्रालयलाई प्रश्न

१५ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – मधेसी मोर्चाको आन्दोलनमा भएका घटनाको छानविन गर्न सरकारले बनाएको छानविन समिति विवादमा फसेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित छानविन आयोग संबैधानिक जटिलामा परेको छ ।

आयोग गठन भएपछि गृहमन्त्रालयले सपथका लागि प्रधानन्यायाधीशलाई आग्रह पनि लेखेको थियो । तर सर्वोच्च अदालतले कुन संबैधानिक अधिकार र कुनै संबैधानिक हैसियतमा सपथ खुवाउने भन्दै गृहसँग प्रश्न गरेको छ । संविधानको कुन र कस्तो ब्यवस्थामा रहेर गिरिशचन्दलाललाई सपथ खुवाउने र उनको संबैधानिक हैसियत के हुने रु त्यसको प्रश्ट जवाफ पठाउन प्रधानन्यायाधीशको सचिवालयले गृहसँग आग्रह गरेको स्रोतले बताएको छ ।

सरकारले मधेसी मोर्चाको आन्दोलनमा भएका ज्यादतिका घटना छानविन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । र सर्वोच्च अदालतले संबैधानिक प्रश्न उठाएपछि लालको सपथ हुन सकेको छैन । सपथ नहुँदा छानविन समितिले काम थाल्न सकेको छैन ।

संविधानप्रति असन्तुष्टी जनाउँदै मधेसी मोर्चाले आन्दोलन गरेका थिए । तराई मधेस र थारु बाहुल्य क्षेत्रको आन्दोलनमा मारिए ५० लाख दिने घोषणा पनि गरेका थिए । मधेसी मोर्चा र थारु आन्दोलनमा करिव ६२ जनाको मृत्यु भएको मोर्चाको दावी छ । मोर्चाले सरकारद्धारा दमन भएको बताउँदै आएको छ भने सरकारले आन्दोलनकारीले अराजक र आतंकबादी शैली अपनाएको आरोप लगाउँदै आएको छ ।

सरकार र मधेसी मोर्चाको आरोपमाथी छानविन गर्न सरकारले लालको संयोजकत्वमा छानविन समिति बनाएको थियो । छानविन समितिले काम थाल्नु पूर्वनै सरकारले घटनाका दोषिलाई उन्मुक्ति र राहतको प्रक्रिया अघि बढाएको छ । आन्दोलनमा मारिएकाका परिवारलाई १० लाख क्षतिपूर्ति दिइसकेको छ भने प्रहरीलाई ज्यूँदै जलाउने र टीकापुर नरसंहारका दोषिलाई उन्मुक्ति दिने गरी मुद्दा फिर्ताको तयारी पनि गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी