Skip to content
LAXMI SUNRISE BANK

एमालेमा ओली र माधव गुटबीच मारामार

अर्थ सरोकार

काठमाण्डु –  एमाले काठमाण्डुमा एक हजारभन्दा बढी सदस्यता वितरणको वैधानिकताबारे संस्थापन र नेता नेपाल पक्षबीच विवाद चर्किएको छ ।

गत ११ असोजमा सम्पन्न केन्द्रीय कमिटीले गुटबन्दी अन्त्य गर्ने घोषणा गर्दै १० बुँदे विशेष प्रस्ताव पारित गरे पनि जथाभावी सदस्यता वितरण मान्य नहुने नेपाल पक्षीय नेताहरुको अडानसँगै काठमाण्डुमा विवाद चर्किएको हो ।

काठमाण्डु केन्द्रीय सदस्य तथा संयोजक सावित्रा भुसाल र जिल्ला संयोजक कृष्ण राई संस्थापन र सहसंयोजक सुरेन्द्र मानन्धर नेपाल निकट हुन् ।

अध्यक्ष केपी ओलीको पकड जिल्ला मानिएको १ सय ३ सदस्यीय जिल्ला कमिटी हरको काठमाण्डुमा नेपाल समूहको नेतृत्व भरत फुयालले गर्दै आएका छन् ।

  • नयाँ पत्रिकाबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK