काठमाडौँ – पाकिस्तानमा हुने भनिएको २० औं सार्क सम्मेलनमा सहभागी नहुने घोषणा गरेको भारतकै पक्षमा नेपाल पनि उभिएको छ ।
बुधबार पहिलो विज्ञप्ति जारी गरेर सार्क सम्मेलन तोकिएकै समयमा हुनुपर्ने पक्षमा आफूलाई उभ्याएको नेपालले भारतीय दवावपछि बिहीबार अर्को विज्ञप्ति निकाल्दै आयोजकले वातावरण बनाउनुपर्ने भन्दै भारतको पक्षमा उभिएको हो ।
आफैंले निकालेको विज्ञप्तिलाई खण्डन गर्दै नेपालले भारतको पक्षमा उभ्याएपछि इस्लामावादमा हुने भनिएको सार्क सम्मेलन अब निर्धा्रित मितिमा नहुने पक्का भएको छ ।
यसअघि भारतले पाकिस्तानको राजधानीमा नोभेम्बर ९ र १० मा हुन लागेको सार्क सम्मेलन बहिष्कार गर्ने निर्णय गरेपछि उ सँगै अफगानिस्तान, बंगलादेश र भुटान उभिएका थिए ।
अब नेपाल पनि सार्क सम्मेलन निर्धा्रित मितिमा गर्न नहुने पक्षमा अर्थात भारतको पक्षमा उभिएको छ। नेपालले बुधबार एक विज्ञप्ति निकाल्दै सार्क सम्मेलनका लागि उपयुक्त वातावरण बनाउन सबै सदस्य राष्ट्रहरुलाई आव्हान गरेको थियो ।
तर अब बोली फेर्दै नेपालले सम्मेलनको उपयुक्त वातावरण बनाउने सबै जिम्मा पाकिस्तानको काँधमा थोपरेर भारतको साथमा उभिएको हो ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षीसँगको संयुक्त वक्तब्यमा महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरुमा भारतसँग समान धारणा बनाएर अघि बढ्ने भन्दै हस्ताक्षर गरेका थिए ।
त्यही कुरालाई लिएर भारतीयपक्षले चर्को दवाव दिएपछि परराष्ट्र मन्त्रालयले बिहीवार अर्को विज्ञप्ति निकाल्दै सार्क सम्मेलनको वातावरण बनउन पाकिस्तानलाई दवाव दिएको हो ।
भारतले सहभागी नहुने भनेपछि सार्कको अध्यक्ष राष्ट्रका नेपालको परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर सार्क बडापत्रको भावना अनुसार तोकिएकै मितिमा सम्मेलनको वातावरण बनाउन सबै सदस्य राष्ट्रहरुलाई भनेको थियो ।
‘अफगानिस्तान, बंगलादेश, भुटान र भारतबाट इस्लामावादमा नोभेम्बर ९ र १० मा हुने भएको १९ औं सार्क शिखर सम्मेलनमा भाग लिन नसक्ने पठाएको पत्र प्राप्त भयो’, परराष्ट्रले बुधवार निकालेको विज्ञप्तिमा भनिएको थियो, ‘सार्कको अध्यक्षका हैसियतले नेपाल सार्कको १९ औं सम्मेलन गर्न सम्पूर्ण सदस्य राष्ट्रहरुलाई सार्क बडापत्रको भावना अनुरुप उपयुक्त वातावरण बनाउन आग्रह गर्दछ ।’
पाकिस्तानलाई अलग थलग बनाउन जुटेको भारतका लागि नेपालले निकालेको बुधवारको वक्तब्यले अफ्ठ्यारोमा पारेको थियो। सन्तुलित र तटस्थ भनिएको नेपालको विज्ञप्ती लगत्तै भारतले नेपालमाथि चर्को दबाब दिएको बताइन्छ ।
तर, बिहीबार निकालिएको विज्ञप्तिमा बुधवार सार्कको बडापत्र बुझ्दै नबुझी विज्ञप्ति निकालिएको आशय देखिन्छ । बिहीबारको विज्ञप्तिमा एउटै राष्ट्र सहभागी नहुँदा पनि सार्क सम्मेलन नहुने सार्कको बडापत्रमा रहेको जनाउँदै परराष्ट्रले भारतको पक्षमा आफुलाई उभ्याएको हो ।
‘सार्क सम्मेलन सम्बन्धमा खासगरी आयोजक राष्ट्र (पाकिस्तान) को तर्फबाट आवश्यक वातावरण बनाउन पहल हुनेछ भन्ने आशा गरिएको छ’, परराष्ट्रले भनेको छ, ‘सार्कको अध्यक्ष राष्ट्रका हैसियतले नेपालका तर्फबाट वातावरण बनाउन पहल हुनेछ भन्ने आशा गरिएको छ।’

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्