
एजेन्सी – भारत र पाकिस्तानबीच युद्ध हुने अन्तिम संकेत देखिएको छ । उरी आक्रमणको बदला भन्दै भारतले पाकिस्तानको सीमा क्षेत्रमा सर्जिकल अपरेशन गरेपछि दुई देश युद्धको संघारमा पुगेका हुन् । भारतले पाकिस्तानी भूमिमा ४ घण्टामा ४० आतंकवादी मारेको दावी गरेको छ ।
दुई देशबीच युद्धकको बादल मडारिएपछि सीमावर्ती गाउँका एक हजार गाउँ खाली गराइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । युद्धको संकेत देखिएपछि पञ्जाब र जम्मूमा सीमा क्षेत्रमा रहेका गाउँ खाली गराइएको हो । समुन्द्रमा गएका डुङ्गाहरुलाई पनि फिर्ता बोलाइएको छ ।
पञ्जावको सीमा क्षेत्रमा मात्र १००० गाउँ खाली गराइएको समाचारमा उल्लेख छ । अर्को आदेश नभए सम्मका लागि सबै कलेज तथा स्कुल बन्द गर्ने आदेश अधिकारीहरुले दिएका छन् । सीमा क्षेत्रको १० किलोमिटर सम्म गाउँ खाली गराइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अधिकाँश सीमावर्ती क्षेत्रमा मानिसहरुबीच भागभाग शुरु भएकको छ । कुन बेला कताबाट आक्रमण हुन्छ भन्ने त्रासले मानिसहरुले भागाभाग गर्न थालेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्