- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक १५.०५ अंकले बढेर २ हजार ४७६ दशमलव ९३ अंकमा पुगेको छ ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३० कम्पनीको २० हजार ६५२ कित्ता सेयर ७८ लाख ३४ हजार ६५ रुपैयाँ बराबरको खरीद बिक्री भएको छ । जसमध्ये २१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।